नेकपाद्वारा चितवनको माडीमा केन्द्रीय उत्पादन इकाई स्थापना

२०७९ फाल्गुन १३ गते, शनिबार



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले चितवनको माडीमा केन्द्रीय उत्पादन इकाई स्थापना गरेको छ । सो पार्टीका महासचिव ‘बिप्लव’को उपस्थितिमा माडी-४, खैरहनी गाउँमा केन्द्रीय उत्पादन ईकाई स्थापना भएको हो । सो पार्टीको केन्द्रिय उत्पादन योजना अन्तर्गत चितवनको माडी नगरपालिका वडा न४ खैरेनीमा निर्माण हुन लागेको माछा पोखरी निर्माण कार्यको सुरुवात महासचिव विप्लव सीले शुक्रबार डोजर चलाएर निर्माण कार्यको औपचारिक प्रारम्भ गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टीको गत माघ २ देखि ११ गते सम्म कपिलवस्तु स्थित शिवगढीमा सम्पन्न भएको केन्द्रिय समितिको तेस्रो बैठकले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको विचलनको अर्थराजनितिक समिक्षा गर्दै कम्युनिस्ट पार्टीलाई क्रान्तिकृत गरिरहन र दलाल पुँजीवाद विरुद्ध समाजवादी उत्पादन सम्वन्धको भ्रुणको रुपमा आत्मनिर्भरता सहितको क्रान्तिकारी पार्टी र क्रान्तिकारी आन्दोलनको विकास गर्ने निर्णय अनुसार देशका कपिलवस्तु , दाङ , सर्लाही र काठमाडौ उपत्यका सहितका जिल्लाहरुमा केन्द्रिय उत्पादनको योजना निर्माण गरिएको छ।
एकीकृत क्रान्तिलाई आत्मनिर्भरता सहित अगाडि बढाउने उदेश्यले केन्द्रिय उत्पादन योजनाहरुको लागि ५ जना पोलिटव्युरो सदस्यहरुले प्रत्यक्ष नेतृत्व गर्ने गरि योजनाहरुको निर्माण गरिएको छ भने यस अघि नै महासचिव विप्लवले पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा आफै प्रत्यक्ष सहभागी हुँदै माछा पालन, तरकारी उत्पादन , अन्न उत्पादन र पशुपालन लगाएतको केन्द्रिय कम्युनको काम अगाडि बढाईसकेका छन।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् केन्द्रिय उत्पादन बिभाग सदस्य सन्देश सीले दिएको जानकारी अनुसार माडी वडा न ४ खैरेनीमा झम्डै १० बिघा जमिनमा पोखरी निर्माण प्ररम्भ हुन लागेको छ भने जिल्लाका विभिन्न ठाँउमा तरकारी खेती,नगदे वाली,खाद्यान्न र खसीबाख्रा सहित पशुपालनको पनि काम भइरहेको छ भने नेकपाले माडी-५, राधापुरमा जिल्लास्तरको उत्पादन ईकाई सञ्चालन गरिरहेको छ, जहाँ २५ कठ्ठा जमीनमा धान, तरकारी र बाख्रापालन भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु