बाढीपहिरो पीडितलाई उद्दार र राहतको व्यवस्था गर
२०८० असार ४ गते, सोमबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्राकृतिक प्रकोपमा परेर निधन भएका नागरिकप्रति श्रद्धाञ्जली एवं शोकमा परेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घटनामा परेका घाइतेहरुलाई यथोचित उपचारको व्यवस्था गर्न, वेपत्ताहरुको खोजी गर्न र पीडित नागरिकलाई राहतको व्यवस्था गर्न राज्यसँग माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले सोमबार एक बक्तब्य जारी गर्दै सो माग गरेका हुन् ।
महासचिव विप्लव सी ले बक्तब्यमार्फत् नेकपाका व्युरो र जिल्लामा कार्यरत सम्पूर्ण नेता कार्यकर्तालाई उद्धार तथा राहत संकलन एवं वितरणमा सहयोग गर्न विशेष निर्देशनसमेत दिएका छन।