‘समाजवादमा जानुको बिकल्प छैन’

२०८० श्रावण ८ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले समाजवादमा जानुको बिकल्प नभएको बताएका छन्। नेपाल प्रज्ञा- प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा आइतबार आयोजित वर्तमान सन्दर्भमा पुष्पलाल विषयक´ अन्तर्कृया कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । महासचिव विप्लव सी ले भने- भने- “हामी ६५% कम्युनिस्ट जनमत भएको देशमा छौं ,नेपालमा समाजवाद र साम्यवादको सपना देख्ने पीढी छ,यो पुष्पलालको योगदानको परिणाम हो, अब बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने बेला आएको छ ,सबै कम्युनिस्टहरु एक भएर समाजवादमा जानुपर्छ,यो नै अहिलेको सामाजिक क्रान्ति हुनेछ र पुष्पलालको सम्मान पनि, यो बहसमा काङ्ग्रेसलाई पनि ल्याउनुपर्छ ।” उनले नेपालमा जहानिय राणाशासनको बेला देशलाई जनवाद र समाजवादको दिशामा लिने उदेश्यले पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नु आफैमा एउटा क्रान्ति भएको बताउदै भने- “नेपालमा कम्युनिस्ट पार्टी निर्माण गर्नु आफैमा क्रान्ति थियो,पछि के कस्तो भयो, के कस्ता समस्या र प्रवृति आए, त्यो अर्कै कुरा हो, तर पुष्पलाल र उहाँ सहित नेकपाका संस्थापकहरुले कम्युनिस्ट पार्टी निर्माण गर्ने कुरा तत्कालीन समयको क्रान्ति नै थियो। ” महासचिव विप्लव सी ले युवा अध्ययता रामचन्द्र श्रेष्ठद्वारा प्रस्तुतआगतको सङ्घारमा पुष्पलालको पदचाप पछ्याएर´ शीर्षकको प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा कार्यपत्रको मुख्य पाटो भनेको पुष्पलालले कहाँ ,के कस्ता संघर्षहरु गर्नु पर्यो भन्ने बिषयलाई सजीव रूपमा औल्याइएको भन्दै यसका लागि प्रस्तुतकर्तालाई धन्यवाद दिए । उनले कार्यपत्रले विगतको बिषय उठान गरेर राम्रो गरेको भएपनि आजको नेपाली कम्युनिस्ट आन्दोलनका प्रवृति वा समकालीन विषयको बिष्लेषणमा कार्यपत्र चुकेको बताए।
महासचिव विप्लव सी ले भने – “कम्युनिस्ट आन्दोलनका अहिलेका धाराहरुबारे प्रस्ट्याउन जरुरी छ ,सबै पार्टी , नेता र बिचार उस्तै उस्तै हुन भन्ने निष्कर्षले हामीलाई अराजकता र निराशतिर लिन्छ त्यसो हुन दिनु हुदैन,अब स्कुल , कलेज, र विश्वविद्यालयमा पुष्पलाल पढाइनुपर्छ,पुष्पलाल नपढेसम्म इतिहास अपुर्ण हुन्छ । ‘
महासचिव विप्लव सी ले सबै ऐतिहासिक पात्रहरु जस्तै पुष्पलालका पनि केहि सिमाहरु रहेको भन्दै समिक्षात्मक मूल्याकंन गर्दै भने- । ‘पुष्पलालले निकै मेहनत गरेका थिए जस्तो कि नेपाली समाजको बर्गविश्लेषण , किसान आन्दोलन, नयाँ जनवादको राजनीतिक कार्यक्रम र नेपाली समाजको मार्क्सवादी दृस्ठिकोणद्वारा विश्लेषण उहाँकै वौदिक योगदान हुन् ,छरपस्ट भएको कम्युनिस्ट आन्दोलनलाई ०२५ साल पछि एकीकृत गर्न उहाँले नै प्रयत्न गर्नुभयो,उहाँको विशेषता भनेको उहाँ आफैले भनेको कुरामा अन्तिमसम्म पनि टिक्नु भयो,पुष्पलालले जनवाद र स्वाधीनता दुइटा बिषयमा जहिल्यै जोड दिनु भएको थियो ,प्रजातान्त्रिक शक्तिहरुसङ्ग मिलेर सामन्तवाद र निरङ्कुश शक्ति फ्याक्नु पर्छ भन्ने उनको बुझाई थियो, त्यो निकै वस्तुवादी र सहि निष्कर्ष थियो ।’

महासचिव विप्लव सी ले आधारभूत रूपमा पुष्पलाल सहि, महान र क्रान्तिकारी थिए तर केहि सिमा पनि थिए भन्ने कुराबाट शिक्षा लिनुपर्ने कुरामा जोड दिदै भने- संगठनात्मक क्षेत्रमा उहाँले पर्याप्त रूपमा ध्यान दिन नसक्नु, आफ्नो विचारलाई साथ दिने र कार्यान्वयनमा खरो रूपमा उठ्न सक्ने टिमको निर्माण र बिकास गर्न नसक्नु ,बैचारिक हिसाबले बिषयलाई तिखो बनाउने र धारमा बदलेर प्रयोगमा लिन नसक्नु वा ठोस बनाउन नसक्नु उनको सिमा हो। ”
महासचिव विप्लव सी ले भारतभन्दा अमेरिका अहिले नेपालको मुख्य समस्या भएर आएको,नेपालमा सामन्तवाद होइन दलाल पुँजीवाद मुख्य भुमिकामा भएको, यसले मान्छे ,मान्छेको श्रम, सिर्जना सबै बेचेर खाने तर ,केहिपनि बनाउदैन, त्यसैले अबको समाजवादी क्रान्तिमा यो अन्तरबिरोधलाई हल गर्नुपर्नेमा जोड दिए।
यसैगरी, महासचिव विप्लव सी ले नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरुसङ्गै नक्कली शरणार्थी बन्नेहरुलाई पनि जेल हाल्नुपर्ने टिप्पणी गर्दै भने- “आफ्नो देश, नागरिकता बेचेर अमेरिका जानेकुरा पनि दलाली हो, त्यसलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ ।”
यसैगरी, महासचिव विप्लव सी ले नेपालमा कम्युनिस्ट आन्दोलनलाई सफलतामा पुर्‍याउन अब विगतका विरासतबाट माथी उठेर नयाँ ढङ्गले सोच्नुपर्ने, मार्क्सवादी दर्शनशास्त्रको द्वन्द्ववाद सम्बन्धि नियममा रहेका अपुर्णताहरुलाई पछिल्लो विज्ञान र प्रविधिको विकासको आधारमा विकास गर्नुपर्ने र राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पनि नीजी स्वामित्वमा आधारित प्रणाली स्वत: अपुर्ण र अन्यायपूर्ण रहेको तर त्यसको विकल्पमा आएको सुन्दर व्यवस्था – समाजवादी प्रणाली वा परम्परागत सामुहिक स्वामित्व पनि फेल खाईसकेकोले अब सोभियत संघ रुस ,२० औं शताब्दीको पुर्वीयुरोप र तत्कालीन चीनको जस्तो समाजवादी प्रणालीले काम नगर्ने भएकोले एकीकृत अर्थप्रणाली अनुसार समाजवादको विकास गर्नुपर्ने बताए ।

यसैगरी , सोही कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा युवा नेतृ करुणा पराजुलीले नेपालका एकथरी कम्युनिस्ट नेताहरू वर्तमान पुँजीवादले नै सुधार गरिदिन्छ भनेर अझै भ्रम पालेर बसेको बताउदै भनिन – “नेपाली समाज बिश्वपुजीवादी संरचनाको अंग हो,हामी ६०/७० बर्ष अघिको समाजमा छैनौं, तर अब नेपाल अर्धसामन्ती र अर्ध उपनिवेशिक भनेर गरिने पुरानो बिष्लेषणको ठाँउमा छैन। हालै २०० बढी अर्थशास्त्रीहरुले दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी धनी र गरिव बिचको दुरी बढेको निष्कर्ष दिएका छन। यस्तो बेलामा समेत एकथरी कम्युनिस्ट नेताहरू अझै पुँजीवादबाट सुधार हुन्छ भनेर भ्रमित छन। ”
उनले विश्वको आन्दोलन बुझ्न जसरी मार्क्स पढ्नुपर्छ ,त्यसरी नै नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पुष्पलाल सन्दर्भ सामग्री भएको उल्लेख गर्दै भनिन -“जसरी मार्क्सलाई छोरीको मृत्युुको कात्रो पाउन गार्हो भयो, समाजवादी विचार अङ्गीकार गरेका कारण रोजा टुक्रा टुक्रा भएर काटिनु पर्यो,ग्राम्स्की लामो समय जेलमा रहनु भयो यी कुराहरूलाई समेत पुष्पलालको स्मृतिमा चर्चा गर्नु जरुरी छ।”
नेतृ राजुलीले नेपाली समाजको अर्थराजनीतिक चरित्रबारे विश्लेषण गर्ने क्रममा अहिलेको पुँजीवाद वित्तिय पुँजीवाद भएको र यो योङ्ग अवस्थामा रहेको उल्लेख गर्दै भनिन – आजको पुँजीवादको चरित्रको बिश्लेषणबारे गहन मन्थन जरुरी छ, त्यसैले आजको उत्पादन सम्बन्धका सोसल फोर्सेस के के हुन? कम्युनिस्ट पार्टीले कसको विरुद्ध र कसको पक्षमा लेड्ने हो? भनेर स्पस्ट हुनुपर्ने बेला आएको छ ।
यसैगरी, सोही कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा सांसद दिपकप्रकाश भट्टले नेपाली समाजको प्रमुख समस्या दलाल पुँजीवाद भएको र अहिलेको पुँजीवादको आम चरित्र वित्तीय पुँजीवाद भएको बताउदै भने- “हुन त यसलाई वित्तीय पुँजीवाद पनि भनिन्छ तर त्यसको नेपाली आयाम दलाल पुँजीवाद नै हो। ”
सांसद भट्टले कम्युनिस्टहरु बिचको एकआपसमा आरोपप्रत्यपको संस्कृति नै नेपाली कम्युनिस्ट आन्दोलनको समस्या भएको भन्दै अबको बाटो भनेको सेक्रीफाईस र सेल्फ करेक्सनको बाटो भएको समेत बताए।
उनले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान स्थितितर्फ संकेत गर्दै हिजो राजनीतिक अर्थशास्त्रको आधारमा समाजलाई हेरिन्थ्यो अब त्यसलाई भु राजनीतिको अँखाबाट हेर्न जरुरी छ।भुअर्थराजनीतिको अँखाबाट हेर्नुपर्ने बताए।
सांसद भट्टले नेपालका कम्युनिस्ट पार्टीहरुको समाजलाई बुझ्ने विगतका मान्यताहरुमा परिवर्तन गर्नु पर्ने भन्दै बिज्ञान प्रबिधिको आजको समयमा नेपाली समाजको वर्गसंरचना बदलिएकोले अब एक आपसमा बिरोध गर्नुभन्दा एक कदम भए पनि अगाडि बढ्ने गरि सोच्नुपर्नेमा जोड दिए।


प्रज्ञा-भवनको देवकोटा सभाकक्षामा भएको कार्यक्रममा एमाले नेता डा दिप्तप्रकाश भट्ट , एकीकृत समाजवादी नेतृ अरुणा पराजुली, हरि रोका, गोपिरमण उपाध्यायले टिप्पणी गरेका थिए भने कार्यक्रमलाई धनकुमारी सुनारले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु