जनप्रगतिशिल मोर्चा युरोपबाट प्राप्त राहत महासचिव विप्लव सी लाई हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा युरोपबाट प्राप्त २ लाख रुपैयाँ पार्टी महासचिव विप्लव सी लाई हस्तान्तरण गरिएको छ । पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज तथा प्रवक्ता प्रकाण्ड सी ले युरोपबाट प्राप्त २ लाख रुपैयाँ महासचिव विप्लवलाई हस्तान्तरण गरेका हुन् । युरोपमा रहनु भएका पार्टी केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज बिष्णु सीले उक्त रकम भुकम्प पीडितका लागि सञ्चालित पार्टीको अभियानमा युरोपमा संकलन गरि पठाएका हुन् ।
यता, नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी नेपाली जनसमाज भारतका विभिन्न नेता कार्यकर्ताबाट संकलित १ लाख ५ हजार ५ सय ९२ रुपैयाँ समेत अन्तर्राष्ट्रिय विभागमार्फत महासचिव विप्लव सी लाई हस्तान्तरण गरिएको छ ।