कालिकोटमा विशाल जनसभा हुँदै : प्रवक्ता प्रकाण्ड सी ले सम्वोधन गर्ने

२०८० मंसिर १ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको सदरमुकाम मान्ममा यहि मङ्सिर ६ गते विशाल जनसभाको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कालिकोट र मध्यकर्णाली ब्यूरोले आयोजना गरेको उक्त विशाल जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सम्वोधन गर्ने बताइएको छ । यसैगरी, प्रवक्ता प्रकाण्ड सी ले जनसभालाई सम्वोधनसंगै सहिद परिवार,घाईते तथा बेपत्ता परिवार,जनता लगायतसंग भेटघाट समेत गर्ने बताइएको छ ।
नेकपाले मङ्सिर ८ गतेको पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा जिल्लामा जनसभा गर्न लागेको हो । नेकपा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीका अनुसार पार्टी पूनर्गठन दिवसका अवसरमा मङ्सिर १ र २ गते प्रचार प्रसार वालिङ्ग, मङ्सिर ३ र ४ गते बाटो, कुलो,स्कुल आदि सरसफाई, मङ्सिर ५ गते जनसभाको अन्तीम तयारी र मङ्सिर ६ गते जनसभा गरिनेछ ।
यस्तै नेकपाले पार्टी पूनर्गठन दिवसका अवसरमा मङ्सिर ७ गतेको दिनमा खेलकुद प्रतियोगीता गर्ने, बेलुका दिपावली गर्ने र मङ्सिर ८ गते मनोरञ्जन सहित नाचगान तथा खानपीन गरी पार्टी पूनर्गठन दिवस मनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]