नेकपाद्वारा देशब्यापीरुपमा न्यायाधीशको पुत्ला दहन

२०८० मंसिर २० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज देशभर न्यायाधीशको पुत्ला जलाएको छ ।
सो पार्टीले आज काठमाडौंसहित देशभरका विभिन्न जिल्लामा ३ बुँदे सहमति विरुद्ध आदेश दिएको भन्दै न्यायधीसको पुत्ला जलाएको हो ।
नेकपाले काठमाडौ,ललितपुर,भक्तपुर,सुर्खेत,दैलेख,बाँके, बर्दिया,बुटवल,पोखरा झापा,कैलाली, कंचनपुर लगायतका जिल्लाहरुमा न्यायधीसको पुत्ला जलाएको समाचारहरु प्राप्त भएका छन ।
यता, नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज बुद्धचोकमा न्यायाधीश कमल प्रसाद ज्ञावालीको पुत्ला दहन गरेको छ । नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी सहितको नेताहरु उपर अनावश्यक रुपमा पक्राउ पुर्जी जारी गरिएको भन्दै न्यायाधीश ज्ञावालीको पुत्ला दहन गरेको हो । दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीको नेतृत्वमा रहेको टिमले बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा ज्ञावालीको पुत्ला दहन गरेको हो । टिममा नेकपा १ नम्बर जिल्लाका सेक्रेटरी शितल सी, दक्षिण-पूर्व मकवानपुरका सचिवालय सदस्य सुशीला सी, सुर्य सी, रामहरी सी सहितको उपस्थिति रहेको थियो ।
पुत्ला दहन कार्यक्रममा नेकपाले ३५ दिने पक्राउ पुर्जी खारेज गर, षड्यन्त्रकारी न्यायाधीश मुर्दावाद, तीन बुँदे सहमति कार्यन्वयन गर भन्दै नाराजुलुस समेत गरेको छ ।
न्यायधीशको पुत्ला जलाउने कार्यक्रममा केही ठाउँमा प्रहरीले सामान्य धरपकड गरेको छ । नेकपाले प्रहरीको सामान्य अवरोधका बिच पुत्ला जनाउने कार्यक्रम सान्दार रुपमा सफल भएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]