नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी

२०८० पुष १ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक कपिलबस्तुको शिवगढीमा आज विहान साढे ९ बजेबाट पुनःसुरु भएको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा शनिवार अपरान्ह ४ बजे सुरु भएको बैठकमा नेकपाका महासचिव विप्लव सीले केन्द्रीय समितिको बैठकमा पेश गर्ने “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पेश गरेका थिए । विहान साढे ९ बजेबाटसुरु भएको बैठकमा स्थायी समितिका सदस्यहरुले महासचिवको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ । स्थायी समितिका सदस्यहरुले धारणा राख्नेक्रम सकिए पछि महासचिव विप्लव सी ले आफ्नो जवाफ दिने बताइएको छ ।


महासचिव विप्लव सी ले पेश गरेको प्रस्तावमा नेपालको पछिल्लो राजनीतिक संकटको अवस्था, निकासको मार्ग र आगामी पार्टी योजना समेटिएको छ । प्रस्तावमा महासचिव विप्लव सी ,प्रवक्ता प्रकाण्ड सी लगायतका नेतामाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्रउ पूर्जीको आदेश पनि गम्भीरतापूर्वक उठाईएको छ भने अबको बाटो तय गर्ने विषयमा छलफल भइरहेको बताईएको छ ।


बैठकमा नेकपाका महासचिव विप्लव सी,स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी,स्थायी समितिका सदस्यहरु सन्तोस सी,अनिल सी,शिलु सी,भरत सी र शुशिल सीको उपस्थिति रहेको छ । आजै स्थायी समितिको बैठक सकिने र त्यसपछि पोलिट व्यूरोको बैठक बस्ने नेकपाले जनाएको छ । नेकपाको पोलिट व्यूरो बैठक सकिए लगत्तै केन्द्रीय समितिको बैठक बस्ने तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]