नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा देशको चरम संकट , डरलाग्दो निराशा र सामाजिक असुक्षा एबम् विकृतिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा नेपालको कम्युनिष्ट आन्दोलनका बिषयमा गम्भीर छलफल भएको बताइएको छ। कम्युनिष्ट आन्दोलनका जटिलता र त्यसको समाधानको लागि क्रान्तिकारी र इमान्दार पार्टी र नेताले नयाँ ढंगले सोच्नु पर्ने र त्यसको लागि घनिष्ठ सहकार्य गर्नु पर्ने बिषयमा गहन छलफल भएको छ।
त्यसैगरी, उक्त भेटवार्तामा देशको स्थिति दिनप्रतिदिन बिकराल बन्दै गएको र राज्यले देश , जनताप्रतिको दायित्व पुरा गर्ने नसकेको, भ्रष्टाचार , कमिशन , तस्करी र कालोबजारी बढेको र सुशासन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै यी तमाम समस्याको समाधानको लागि कम्युनिष्ट आन्दोलन र समाजवादी मोर्चालाई सुदृढ, व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउने सहमति भएको बताइएको छ।
त्यसैगरी, उक्त भेटवार्तामा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्भव हुने र मिल्नेसंग एकता , संयुक्त मोर्चा र कार्यगत एकताको नीतिलाई अगाडि बढाउने बिषयमा समेत छफल भएको बताइएको छ।
त्यसैगरी, उक्त भेटवार्तामा देश र नेपाली जनताको ठुलो अपेक्षा कम्युनिष्ट आन्दोलन , कम्युनिष्ट पार्टी र नेताहरुप्रति नै रहेकोले त्यो अपेक्षा पुरा गर्न नयाँ ढगले सोच्नु आवश्यक भएकोले सो अनुसार अगाडि बढ्ने सहमति भएको बताइएको छ।