तीन बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन

२०८० पुष १३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी का अनुसार उक्त भेटवार्तामा २०७७ साल फागुन २० गते नेकपा र तत्कालिन ओली सरकारबीच भएको ३ बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको छ । उक्त कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्य शिलु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेका छन् भने सरकारको तर्फवाट उक्त कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता बर्षामान पुन र माधव सापकोटा(सुबोध) रहेका छन्। उक्त कार्यदलले ३ बुँदे सहमति कार्यन्वयनका लागि आबश्यक कार्य गर्ने बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा नेपालको कम्युनिष्ट आन्दोलनका बिषयमा गम्भीर छलफल भएको बताइएको छ। कम्युनिष्ट आन्दोलनका जटिलता र त्यसको समाधानको लागि क्रान्तिकारी र इमान्दार पार्टी र नेताले नयाँ ढंगले सोच्नु पर्ने र त्यसको लागि घनिष्ठ सहकार्य गर्नु पर्ने बिषयमा गहन छलफल भएको छ।
त्यसैगरी, उक्त भेटवार्तामा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्भव हुने र मिल्नेसंग एकता , संयुक्त मोर्चा र कार्यगत एकताको नीतिलाई अगाडि बढाउने बिषयमा समेत छफल भएको बताइएको छ।
त्यसैगरी, उक्त भेटवार्तामा देश र नेपाली जनताको ठुलो अपेक्षा कम्युनिष्ट आन्दोलन , कम्युनिष्ट पार्टी र नेताहरुप्रति नै रहेकोले त्यो अपेक्षा पुरा गर्न नयाँ ढगले सोच्नु आवश्यक भएकोले सो अनुसार अगाडि बढ्ने सहमति भएको बताइएको छ।

स्मरणीय छ, तत्कालिन केपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्दै सोही सरकारले २०७७ साल फाल्गुन २० गते नेकपासँग तीन बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा राजनीतिक समस्याहरु वार्ता तथा संवाद्बाट समाधान गर्न, राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भएको थियो । उक्त सहमतिको नेपाल कम्युनिस्ट पार्टीले अक्षरशः पालना गरे पनि सरकारले भने पटक–पटक उल्लंघन गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]