कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर बेपत्ताहरुका सपना पूरा गर्छौं (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी धारालाई एकताबद्द गर्दै बेपत्ता योद्धा र सहिदहरुका सपना साकार पार्ने बताएका छन। सोमबार बेपत्ता योद्दा परिवार समाज नेपालद्वारा काठमाडौमा आयोजित` ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया बिषयक ´अन्तर्कृयालाई सम्बोधनगर्दै उनले सो कुरा बताएका हुन्।
हासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलन र माओवादी घटकलाई एकता गर्नुपर्ने आवश्यकता रहेको बताउदै भने- “सबै माओवादी एक हुने कुरा गरौं, सबै कम्युनिस्ट समेत एक बनाउने गरि सोच्नुपर्छ ,त्यो भनेको देशको हितलाई केन्द्रमा राखेर जानुपर्छ महासचिव बिप्लवले भने -“यसरी नै नेपाललाई अगाडि बढाउने र सहिद , बेपत्ता योद्धाहरुको सपना पूरा गर्नुपर्छ ।”

महासचिव विप्लव सीले बेपत्ताहरुको सवाल सबैको चासोको बिषय भएको तर यति हुँदाहुदै पनि परिवर्तनको आन्दोलन तथा उपलब्धिको मुख्य योगदानकर्ताको योगदानलाई स्वामित्व लिने, संस्थागत गर्ने र स्थपित गर्ने कुरामा राज्यले जिम्मेवारी लिन नसकेकोले नै शान्ति प्रक्रियाका बाकी कामहरू अझै पूरा हुन नसकेको बताए। उनले बेपत्ता , सहिद परिवार र शान्ति प्रक्रियालाई सम्बोधन गर्नुपर्छ, यसबारे बोल्नुपर्छ भन्ने कुरामा सबै दलहरुका नेताहरूमा समान धारणा भएपनि बोल्ने कुराको तरिका के हो भन्ने र यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा नमिलेकाले समस्या सम्बोधन हुन नसकेको भन्दै बेपत्ता योद्धाहरुको योगदान, उनिहरुको सम्मान र न्याय दिने कुरामा दलहरू फरकफरक बुझाइमा होइन कि यसलाई साझा सवाल बनाउन जरुरी रहेको बताए ।
भिडियो –