प्रचण्डमाथि चरम् विपत्ति

काठमाडौँ । संविधानसभाको निर्वाचनमा धाँधली भयो हामी संविधानसभामा जाँदैनौँ भनी मतगणना सुरु भएको चौबीस घण्टा बित्न नपाउँदै आफ्नो धारणा र्सार्वजनिक गरेको एमाओवादी अन्ततः काँग्रेस, एमालेको राजनीतिक एजेण्डालाई पछ्याउँदै संविधानसभामा जाने भएको छ । पार्टीी निर्वाचनमा पराजय भोगेको र त्यसको प्रमुख कारक पार्टर्ीीध्यक्ष नै भएको भन्दै चर्को विरोध भएको बेला प्रचण्डले पार्टीींविधानसभामा नजाने बताएर कार्यकर्ताको चहराएको मनमा मलम लगाउन सफल भएका थिए । तर, अहिले आएर पार्टीींविधानसभामा जाने भन्दै प्रचण्डले काँग्रेस, एमालेसहितका दलहरूबीचको चार बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि एमाओवादीमा विरोधको आवाज बुलन्द भएको छ । एमाओवादीभित्र अहिले प्रचण्डको कार्यशैलीलाई लिएर तीव्र विरोध सुरु भएको छ । विगतमा पार्टीी’mट्नु र अहिले निर्वाचनमा हार बेहोर्नुलगायतको सम्पूण्ा दोष प्रचण्डमाथि थोपरिएको छ । प्रचण्डकै कमजोरीका कारण पार्टीीराशयी बन्न पुगेकोमा अधिकांश नेता तथा कार्यकर्ता सहमत भएका छन् । प्रचण्डको पार्टीीत्र एउटा चरित्र र बाहिर अर्को व्यवहारका कारण पार्टीीसहनहस भएको र क्रान्तिको एजेण्डा ओझेलमा परेको भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् । संविधानसभामा र्समनाक हार र पार्टीीत्र आफ्नो नेतृत्व शैलीमा चरम् विरोध भएपछि प्रचण्ड अहिले मर्माहत भएका छन् । अहिले प्रचण्डलाई पार्टीीत्र र बाहिर कसरी आफ्नो अस्तित्व रक्षा गर्ने भन्ने चरम् विपत्ति आइलागेको छ । यस विपत्तिबाट निकास पाउन उनले पूवपोलिटब्युरो बैठक बोलाए पनि त्यसमा सफल हुन सकेनन् । यही विपत्तिको सामना गर्न एकीकृत नेकपा माओवादीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । चुनावी समीक्षाका लागि बसेको पूवपोलिटब्यूरो र राज्य समिति इञ्चार्जहरुको बैठकले केन्द्रीय समितिको बैठक बोलाएको हो । पूवपोलिटब्यूरो र राज्य समिति इञ्चार्जहरुको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी हारको समीक्षा गर्दै जनतासँग दूरी बढेको स्वीकार गरेका छन् । संगठन कमजोर भएको स्वीकार गर्दै उनले अब संगठनलाई चुस्त बनाएर लैजाने बताएको बैठकका सहभागीले बताए । ‘संगठन नै थिएन भन्ने होइन, संगठन नभएको भए कसरी २६ जना जितेर आए’ प्रचण्डले बैठकमा भने- ‘संगठन थियो तर, कमजोर भएकाले जनतासँग दूरी बढ्यो ।’ बैठकमा आएका सुझावहरुका आधारमा प्रचण्डले केन्द्रीय समितिमा पेस गर्ने प्रस्ताव तयार गरेका छन् । नेताहरुले संगठन ठूलो र अव्यवस्थित भएको, बैठक समेत बस्ने अवस्था नभएको बताएका थिए । यसअघि, एकीकृत नेकपा माओवादीका पूवपोलिटब्युरो बैठकमा सदस्यहरुले निर्वाचनमा पार्टीीराजित हुनुमा आन्तरिक कारण जिम्मेवार रहेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । चुनावी परिणामका बारेमा नेतृत्वले पर्ूवअन्दाज गर्न नसकेको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरेका हुन् । निर्वाचनमा भएको धा“धलीको छानविन गर्नका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संविधानसभामा सहभागी नहुने निर्ण्र्ाागरेको एमाओवादी पूववत् अडानबाट पछि हटेर चार बुदे सहमतिमार्फ् संविधानसभामा जाने र समानुपातिकतर्फो सूची बुझाउनका लागि गृहकार्यमा जुटेको छ । पूवपोलिटब्युरो बैठकमा सदस्यहरुले नेताहरुले पार्टीींगठनलाई मजबुत बनाउन नसक्दा निर्वाचनमा यस्तो परिणाम बेहोर्नुपरेको र पार्टीी आफ्नो कमजोरी सच्याएर संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिएका थिए । निर्वाचन परिणाम र्सार्वजनिक भएलगत्तै बसेको केन्द्रिय समिति बैठकले निर्वाचनमा धाँधली भएको निष्कर्षनिकालेको थियो । त्यतिबेला नेता वर्षान पुनको संयोजकत्वमा गठित कार्यदलले निर्वाचनमा प्रक्रियागत, संस्थागत र नीतिगत धा“धली भएको निष्कर्षनिकालेको थियो । बैठकमा नेताहरुले निर्वाचनमा पराजयको कारण धा“धली मात्र नभएर आन्तरिक कारण बढी जिम्मेवार रहेको बताएका थिए । ‘एमाओवादीले समानुपातिकतर्फो नाम सिफारिस गर्नका लागि गृहकार्य सुरु गरे पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताद्वय डा. बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठको फरक-फरक सूची पेस भएपछि आन्तरिक किचलो बढेको छ ।
त्यसैगरी पूवपोलिटब्युरो सदस्यहरुले समानुपातिकतर्फो नाम छनोट गर्दा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी छनोट गर्न सुझाव दिएका छन् । एक नेताका अनुसार समानुपातिकतर्फो सभासद् चयन गर्दा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी छान्न पनि सुझाब दिएका छन् । एमाओवादीभित्र राजनीतिक दलहरुबीच भएको चार बु“दे सहमति स्पष्ट नपारी सहमति गरेको भन्दै चर्का बहस भएको थियो । नेतृत्वले बाध्यात्मक परिस्थितिमा सहमति गरेको भन्दै सम्झाउने प्रयास गरे पनि पूवपोलिटब्युरो सदस्यहरु चुप भएका थिएनन् ।