दाहालको बेहाल – बर्बादीको बाटोमा एमाओवादी

काठमाडौँ । एकीकृत नेकपा माओवादीभित्र पुनः अन्तरसंर्घष् चुलिएको छ । पार्टीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टर्राईबीचको अन्तरसंर्घष्ाले पार्टीुनः दुइ टुक्रा हुने स्थितिमा पुगेको छ । प्रचण्डको गलत कार्यशैलीकै कारण संविधानसभा निर्वाचनमा पार्टी लज्जाजनक हार व्यहोर्नु परेको तथा पार्टी उठ्नै नसक्ने गरी साख गुमाएको नेता भट्टर्राईको आरोप छ । साथै प्रचण्डले आफ्नो कमजोरी र गल्तीमाथि पर्दा हाल्न नेकपा-माओवादीसँग एकता गर्ने हल्ला चलाएको समेत नेता भट्टर्राईको आरोप रहेको छ । प्रचण्डले नेकपा-माओवादीसँग एकता गरेर पार्टी क्रान्तिकारी दिशातर्फलैजाने बताए पनि त्यो उनको आफ्नो साख जोगाउने षड्यन्त्र मात्र भएको भट्टर्राई पक्षको ठहर छ । उता नेकपा-माओवादीले समेत तत्काल एमाओवादीसँग एकता हुन सक्दैन भनेर बारम्बार र्सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि प्रचण्डले एकोहोरो रूपमा पार्टीकताको कुरा उठाइरहेका छन् । विगतमा पनि पार्टी अप्ठ्यारो पर्दा कहिले बाबुरामसँग मिलेर आफ्नो पद जोगाउने तथा कहिले मोहन वैद्य ‘किरण’ सँग मिलेर आफ्नो साख बचाउने रणनीति अपनाउँदै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अहिले भने साँच्चिकै आपत परेको राजनीतिक विश्लेषकहरूको ठम्याई छ ।
यसैबीच, नेता बाबुराम भट्टर्राई ‘पार्टीपान्तरण’ बारे अध्यक्ष पुष्पकमल दाहालबाट बेलैमा सम्बोधन नभए नयाँ पार्टीीनाउने मनस्थितिमा पुगेका छन् । उनी त्यसभन्दा अघि एमाओवादीभित्रै व्यापक विचार, बहस चलाउने मनस्थितिमा पुगेका छन् । भट्टर्राईले २०५७ मा पार्टीीोकतान्त्रीकरणको कुरा उठाए, २०६० मा प्रतिस्पर्धात्मक एक्काइसौँ शताब्दीको जनवादको प्रस्ताव गरेका थिए । उनि २०६१ मा मूल नेतृत्व तानाशाही भएको भन्दै दाहालविरुद्ध उत्रिए भने २०६७ मा पालुङटार प्लेनममा संस्थापनको व्रि्रोहको कार्यदिशाविरुद्ध फरक मत राखेका थिए । त्यसैगरी भट्टर्राईले २०७० फागुनमा मार्क्सवाद र पुँजीवादको सकारात्मक पक्षलाई लिएर नयाँ कार्यदिशाको पक्षमा वकालत गरेका थिए । यता अध्यक्ष दाहालले संसदीय दलको नेता नबनाइएका कारण भट्टर्राईले बखेडा झिकेको बताइरहेका छन् । केही दिनअघि दाहाल पक्षधरहरुको बैठकले भट्टर्राईका पछिल्ला अभिव्यक्तिहरुलाई गैरमार्क्सवादी भनेको थियो । भट्टर्राईले संविधानसभा निर्वाचनमा पराजयको पृष्ठभूमिमा दाहाललाई मूल नेतृत्वबाट हटाउने, त्यसो नभए अलग भएर नयाँ पार्टीोल्ने रणनीति अख्तियार गरेका हुन् । उनले दाहाललाई अवकाश दिलाउने उद्देश्यका लागि राजनीतिक सिद्धान्तको कुरा उठाएका हुन् । २००६ देखि हालसम्म कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएकाले अब नयाँ ढंगले अघि नबढे थप संकट आउने उनको भनाइ छ । ‘पुरानै ढंगले क्रान्ति अघि बढ्न सक्दैन, अब औद्योगिक पुँजीवादी, प्रगतिशील क्रान्ति गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्छ’ भन्दै भट्टर्राईले आफ्नो विचारमाथि पार्टी छलफल भइरहेको बताउँदै प्रगतिशील, वामपन्थी र युवा शक्तिलाई समेटेर मात्र नयाँ पार्टीीन्ने उल्लेख गरेका छन् । ‘औद्योगिक, पुँजीवादी क्रान्तिका लागि वामपन्थी पार्टीीत्रको एउटा शक्ति र त्यस बाहिरका युवा समेटेर नयाँ शक्ति बनाउनुपर्छ’ उनको भनाइ छ । ‘पण्डितले व्याख्या गरेजस्तो मार्क्सवाद हुँदैन । यो समय र परिस्थितिअनुसार नयाँ ढंगले अघि बढ्छ ।’ उनले संस्थापन पक्षबाट आफ्नो विचारलाई गैरमार्क्सवादीको संज्ञा दिइनु सुरुमा विज्ञानलाई नबुझनु जस्तै भएको टिप्पणी गरेका छन् । ‘मैले एक्काइसौँ शताब्दीको जनवाद, संविधानसभा, शान्तिपूण् राजनीतिको कुरा गर्दा साथीहरुले गैरमार्क्सवाद भयो, मलाई पुँजीवादी भयो भनेका थिए,’ उनले भने, ‘हाल आएर त्यो सावित भएको छ । मलाई विश्वास छ, पार्टीीपान्तरण भएर मुलुकको नेतृत्व गर्नेछ ।’ अध्यक्ष दाहालले हेटौँडा महाधिवेशनद्वारा पारित पँुजीवादी क्रान्तिको कार्यदिशा परिमार्जन गरेर ‘व्रि्रोह’ लाई समेट्ने बताइरहँदा भट्टर्राईको यस्तो विचार र्सार्वजनिक भएको हो । ‘हामीले विगतमा भनेजस्तो नयाँ जनवादी क्रान्ति अघि बढ्न सकेन । त्यसको केही लक्ष्य प्राप्त भएकाले अब राष्ट्रिय र औद्योगिक पुँजीको निर्माण गरेर मात्र समाजवादमा जान सकिन्छ,’ उनको भनाइ थियो, ‘यसमा स्पष्ट नभए पहिचान सकिने छ । पुरानै पार्टी गर्छ भन्नु यो सम्भव छैन ।’ भट्टर्राईले नयाँ पार्टीीठनभन्दा एमाओवादीलाई रुपान्तरण गर्ने पक्षमा आफू रहेको बताएका छन् । दाहालले कुरा नसुने उनी एमाओवादी, एमालेलगायत अन्य वामपन्थी, स्वतन्त्र व्यक्तिलाई समेटेर नयाँ पार्टीनाउने मनस्थितिमा पुगेका हुन् ।
भट्टर्राईको यस्तो मनस्थितिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वप्रति गम्भीर संकट आइपरेको छ । यस परिस्थितिबाट पार पाउन दाहाललाई निकै मुस्किल पर्ने राजनीतिक विश्लेषक बताउँछन् । सधैँ पार्टीीत्रका गुट, उपगुटलाई जुधाएर आफ्नो पद र प्रतिष्ठा कायम राख्दै आएका प्रचण्डलाई यो पटक भने गम्भीर आपत आइलागेको छ । अहिले उनले गरेको पार्टीकीकरणको कुरा न नेकपा माओवादी सुन्ने पक्षमा छ, न उनको नेतृत्व पार्टीीत्रकै शक्तिशाली नेता भट्टर्राई स्वीकार्ने पक्षमा छन् । यसले गर्दा अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रचण्ड संकट आइलागेको छ । यही प्रचण्ड संकटका कारण एमाओवादी बर्बाद हुँदैछ । जसलाई रोक्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रचण्ड शक्ति मिल्ने कहीँ, कतैबाट छाँटकाँट देखिँदैन ।