माओवादी गुल्मीको जिल्ला सम्मेलन सम्पन्न
काठमाडौँ । नेकपा-माओवादी गुल्मी जिल्लो दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले सेक्रेटरीमा वीरबहादुर कार्की, सहसेक्रेटरीमा विष्णु पन्त र गोविन्द विकलाई चयन गरेको छ । सम्मेलनबाट ४५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ भने १५ जना सल्लाहकार र १५ जनालाई वैकल्पिक जिल्ला सदस्यमा चयन गरेको छ । उक्त जिल्ला सम्मेलनको उद्घाटन नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले गरेका थिए । जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा-माओवादीका सचिव विप्लवले संसदवादीहरूले धेरै पेले फेरि युद्धमा जाने चेतावनी दिए । ‘संसदवादी शान्ति सम्झौता तोड्दै छन्, उनीहरू माओवादीलाई पेलेरै अघि जान खोज्दैछन्’, सचिव विप्लवले भने, ‘यस्तै गरिरहे दुवै माओवादी मिलेर युद्धमा जान बाध्य हुनेछौँ ।’ उनले विस्तृत शान्ति सम्झौताप्रति संसदवादी दलहरूलाई गम्भीर हुन आग्रह गर्दै भने, ‘यदि माओवादीलाई छाडेर मुलुक चलाउन खोजियो भने आत्मर्समर्पण गरेर बस्दैनौँ ।’ ठूलो पार्टीएकाले कांगे्रसलाई गम्भीर हुन आग्रह गर्दै विप्लवले प्रधानमन्त्री सुशील कोइराला जिम्मेवार भएर अघि बढे नेपालको राजनीतिक परिस्थिति सहज हुने बताए । ‘हामीलाई तह लाउन खोजिएको हो भने कुनै हालतमा झुक्दैनौ’, सचिव विप्लवले भने, ‘बरु लडाइँ हुन्छ, त्यो बेला तानाशाहहरू घोडाबाट झर्ने छन् अनि किसान मजदुर सत्तामा पुग्ने छन् ।’ कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको दाबी गरे पनि सहमतिको पालना नगरेको विप्लवको भनाइ छ । ‘माओवादीलाई पेलेर, एक्ल्याएर ठीक पार्न सकिन्छ भन्ने सोचिएको भए त्यो नेपालमा सम्भव छैन, द्वन्द्व चर्कन्छ ।’ यसअघि एकीकृत माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रामकरूपमा प्रस्तुत हुने सचिव चन्दले बुधबारको मन्तव्यमा भने प्रचण्ड आफूलाई मन पर्ने नेता भएको बताए । ‘प्रचण्डजी तपाइँ हामीलाई मन पर्ने नेता हुन्’, विप्लवले भने, ‘उहाँमा बैचारिक विचलन आएर सच्याउन खोज्दा पार्ट ‘टाउन परेको हो, यदि प्रचण्ड र बाबुरामजीहरू सच्चिए पार्टीकता हुन्छ र हुनु पनि पर्छ ।’ महासचिव रामबहादुर थापा र आफूबीच विवाद चलेको कुरा निराधार रहेको सचिव विप्लवको भनाइ छ । ‘बादलजी र मवीच झगडा भएको जुन हल्ला चलेको छ, त्यसमा कुनै तुक छैन, हामीबीच बहस भएको हो, त्यसो हुन जरुरी पनि छ’, उनले भने, ‘हाम्रो पार्टी एउटा समूह फेरि बन्दुक बोकेर लड्ने र अर्को समूह नजाने, त्यो सम्भव छैन ।’ विप्लवले एकीकृत माओवादीसँग मात्र नभई अन्य सबै कम्युनिष्टसँग पनि एकता हुनुपर्ने बताए । ‘हामी आफैँ मिलेका छैनौँ, म र बादलजीको हल्ला, एमालेमा केपी ओली र झलनाथ खनालको द्वन्द्व, एमाओवादीमा प्रचण्ड वावुरामको नाटक बन्द हुनुपर्छ, उनले भने ‘यस्तो हुनुहुँदैन अब नेपालमा एउटै कम्युनिष्ट पार्टीुनुपर्छ ।’ सचिव विप्लवले भने – जनयुद्धका बेला गिरिजाप्रसाद कोइरालाको चिठी बोकेर जाने एमाले नेताहरूसँग गरिएको पाँच बुँदे सम्झौताको बेवास्ता गरिएकाले अहिलेको अस्थिरता र संकट निम्तेको बताए । ‘दिल्लीमा गरिएको १२ बुँदे सम्झौताको कुरा गरिन्छ’, उनले भने, ‘रोल्पामा एमाले नेताहरूसँग गरिएको पाँच बुँदे सहमतिको कुरै गरिन्न, अहिलेको अस्थिरता र संकटको मुख्य कारण त्यही हो ।’ सम्झौतामा राजतन्त्रविरुद्ध सवै राजनैतिक दलहरू एकजुट हुने, माओवादीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने, जनताका आधारभूत आवश्यकता पूरा गर्ने, उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नेलगायत पाँच बुँदे सहमति भएको जनाउँदै विप्लवले ती सहमति कुल्चँदै संसद्वादी दलले माओवादीलाई पेलेर जान खोजेको आरोप लगाए । ‘यसो गर्नु भनेको माओवादीलाई फेरि द्वन्द्वमा पठाउन खोज्नु हो, यदि संसदवादीहरूले यही चाहेका हुन् भने द्वन्द्वमा जानु हाम्रो बाध्यता हुनेछ’ सचिव विप्लवले भने । संविधानसभाबाट संविधान निर्माणको प्रयोग विफल भएकोले आफूहरूले गोलमेच सम्मेलनबाट संविधान बनाउन चाहेको बताए । नेताहरूलाई मात्र गणतन्त्र आएको बताउँदै सचिव विप्लवले जनतालाई गणतन्त्रको अनुभूति दिलाउने गरी आफ्नो पार्टीर्घष्मा उत्रेको दाबी गरे । कार्यक्रममा माओवादीका नेता कुलप्रसाद केसी, सन्तोष बुढामगर र अजित सिंह अतिथिको रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन विष्णु पन्त र सभापतित्व वीरबहादुर केसीले गरेका थिए ।