पछि हट्दै प्रचण्ड, माओवादीलाई नेतृत्व सुम्पने उदघोष पछि हट्दै प्रचण्ड, माओवादीलाई नेतृत्व सुम्पने उदघोष

२०७१ जेष्ठ ३ गते, शनिबार


काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपछि अर्को गर्दै राष्ट्रिय राजनीति र पार्टीेतृत्वमा असफल सावित हुँदै गएपछि अस्तित्व रक्षाको खोजीमा लागेका छन् । विगतमा पटक-पटक नेकपा-माओवादीलाई असन्तुष्टहरुको झुण्ड भन्ने अभिव्यक्ति दिँदै आएका प्रचण्ड अब नेकपा-माओवादीकै नेतृत्व मान्न तयार भएको अभिव्यक्ति दिएका छन् । संविधानसभाको निर्वाचनमा र्समनाक हार व्यहोरेका तथा पार्टीीत्र बाबुरामले बबण्डर मच्याएपछि प्रचण्ड अत्तालिएका हुन् । संविधानसभामा कमजोर पार्टीे रुपमा सहभागी हुनुपर्दा संसद्वादीहरुको पेलाइ खेप्नु पुगेका प्रचण्डलाई पार्टी समेत असफल तुल्याउन खोजेपछि उनले नेकपा-माओवादीलाई नेतृत्व सुम्पिएर त्यसको कार्यकर्ता बन्न तयार रहेको र्सार्वजनिक रुपमै उद्घोष गरे ।
एउटै कम्युनिष्ट केन्द्र निर्माणः सम्भावना र चुनौती विषयक’ कार्यक्रममा प्रचण्डले पार्टीुनर्निर्माणका लागि मोहन वैद्य किरणलाई नेतृत्व जिम्मा लगाएर आफू सामान्य कार्यकर्ता बन्न तयार रहेको उद्घोष गरे । प्रचण्डले मोहन वैद्य किरण कै अगाडि मन्तव्य व्यक्त गर्दै भने ‘०४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि कमरेड किरणले मलाई त्यतिबेलाको महामन्त्री तपाई हुनुपर्छ भनेर एउटा सर्न्दर्भमा प्रस्ताव गर्नुभयो, सही विचारधारात्मक राजनीतिक कार्यदिशाको आधारमा पार्टीुनर्निर्माण होस्, मैले नेतृत्व अर्को कामरेडलाई दिएर भए पनि यो पुनर्निर्माणको प्रक्रिया अगाडि जान पर्छ । आफूले पार्टीे नेतृत्व मोहन वैद्य किरणलाई जिम्मा लगाउने घोषणा गर्दैगर्दा प्रचण्ड केहीबेर भावुक बनेर रोकिएका थिए । नयाँ बानेश्वरको अल्फाबेटामा खचाखच भरिएका दुबै माओवादीका कार्यकर्ताले ताली पड्काएका थिए भने प्रचण्डको नेतृत्व हस्तान्तरण गर्ने घोषणा सुनिरहेका मोहन वैद्य किरण भाबुक भएका थिए । ‘कहीँ फेरि विभिन्न मिडियामा आएजस्तो जसरी पनि नेतृत्व लिइराख्न खोज्छ होला भन्नेजस्तो भ्रम आजको दिनबाट अन्त्य होस्’ प्रचण्डले भने- ‘म इतिहासमा जो कामरेडले मलाई अगाडि ल्याउन -केहीबेर रोकिएर) भूमिका खेल्नुभयो, म त्यही कामरेडलाई अगाडि राखेर म फेरि कम्युनिस्ट आन्दोलनको सामान्य कार्यकर्ता भएर अगाडि जान तयार छु ।’ एमाओवादीबाट विभिन्न समयमा चोइटिएका मात्रिका यादव र मणि थापासमेत एउटै मञ्चमा सहभागी भएको कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले माओवादीवीच ध्रुवीकरणको प्रयास सुरु भएपछि एकता नचाहनेहरुले षड्यन्त्र गर्नसक्ने बताए । ‘मैले यति भनिसकेपछि यो कुरालाई फेरि प्रतिक्रियावादीहरुले विभिन्न प्रचारवाजी, विभिन्न लाञ्छना, विभिन्न हौवाहरु खडा हुन्छ, भैसकेको छ, हुँदैछ, हुनेवाला छ,’ प्रचण्डले भने- ‘जति हामी यो ध्रुवीकरण अगाडि बढाउँछौं, त्यति षडयन्त्र बढ्छ भन्ने कुराचाँहि बुझिराख्दा हुन्छ । हामी कोही यसमा दुविधामा पर्नुपर्ने छैन । हामी यसलाई चिर्न सक्छौं कि सक्दैनौं, यो एउटा प्रश्न फेरि पनि हामीकहाँ छ ।’ आयोजक माओवादी समर्थित अखिल क्रान्तिकारीद्वारा कार्यक्रममा मोहन वैद्य किरणभन्दा अगाडि कनिष्ठ वक्ताका रुपमा उभ्याइएका एमाओवादी अध्यक्ष प्रचण्डले देशमा प्रतिक्रान्तिको खतरा बढेको बताए । ‘प्रतिक्रान्तिको खतरा धेरै अगाडि बढिसकेको छ, यदि क्रान्तिकारीहरुले समयमै बुद्धि नपुर्याउने हो भने र राजनीतिमा आफ्ना त्रुटीहरु पहिल्याएर फेरि एउटा ध्रुवीकरणतिर जानका लागि पहलकदमी नलिने हो भने हर्ेदाहर्ेर्दै नेपालको कम्युनिष्ट आन्दोलन नराम्रोसँग धक्का खाने र क्रान्तिका उपलब्धीहरु नराम्रोसँग धराशयी हुने ठाउँमा छ ।’ प्रचण्डले भने- ‘अब यसको जिम्मा कसले लिने – कसलाई भन्ने – संविधानसभाको दोस्रो निर्वाचनपछि मैले के सोचें भने त्यो पहल हामीले नै सुरु गर्नुपर्ने हुन्छ । हामी जनयुद्धका सूत्रधारहरुले नै त्यो जिम्मेवारी लिनुपर्ने हुन्छ । हामी जो-जो जहाँ जहाँ रहेको भए पनि एकचोटि फेरि जनतामा जाने, एकचोटि फेरि ध्रुवीकरणमा लैजाने र एउटा नयाँ शक्ति पैदा गर्नैपर्छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले विगतमा गल्ती भएको, वर्गदृष्टिकोणमा कमजोरी रहेको भन्दै जनयुद्धकाल र त्यसपछिका सबै कमजोरीको जिम्मेवारी आफूले लिने बताए । एमाओवादी अध्यक्ष प्रचण्डले क्रान्तिकारी ध्रुवीकरणबाट त्यस्तो शक्ति पैदा गरेर मात्रै हामीले इतिहासको आवश्यकतालाई सम्बोधन गर्नसक्छौं । प्रचण्ड लगत्तै प्रमुख अतिथिका रुपमा बोलेका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्डको प्रस्तावको र्समर्थन गर्दै कार्यरत एकतामा जोड दिएका छन् । उनले तत्काल संविधानका अन्तरवस्तु, द्वन्द्वकालीन मुद्दामा भएको धरपकडलगायतका मुद्दामा माओवादीका चारवटै समूहवीच कार्यरत एकता गरेर अघि बढ्नुपर्ने बताए । पार्टीकताका लागि छवटा आधार पेस गरेको गर्दै किरणले कार्यनीति ठ्याम्मै मिलेपछि मात्रै एकता गर्ने भन्ने विशुद्धतावादी सोचाइ राख्न नहुने र नमिलेका विषयमा छलफल गर्दै अघि बढ्न सकिने बताए । भावनामा आएर मात्रै पनि एकता हुन नसक्ने र यसका लागि वैचारिक राजनीतिक विषय मिल्नुपर्ने उनले बताए । तर, कांग्रेस र एमालेका नेताहरुले निहुँ खोज्न र माओवादीविरुद्ध मुद्दा हाल्न थालेकाले माओवादीवीचको एकता अहिलेको आवश्यकता बनेको किरणले बताए ।प्रचण्डले एमालेसँग पनि एकता गर्न भनेकोमा मोहन वैद्य किरणले असहमति जनाए । एमाले कम्युनिस्ट होइन भन्दै वैद्यले एमालेलाई भाइकांग्रेस भएको आरोप लगाए । विगतमा कतिपय विषयमा प्रचण्डले गल्ती स्वीकार गर्न सकारात्मक रहेको भन्दै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने कुरा हृदयदेखि नै महसुस गरेको भए त्यो सकारात्मक रहेको बताए । मात्रिका र मणि थापासँग एकता तत्कालै हुन सक्ने किरणले बताए । प्रचण्डभन्दा अगाडि बोलेका नेकपा -माओवादी)का अध्यक्ष मातृका यादवले तत्कालै पार्टीकता सम्भव नभए पनि कार्यरत एकताको घोषणा गर्ने प्रचण्ड र किरण दुबैलाई आग्रह गरेका थिए । अर्का पूवमाओवादी नेता मणि थापाले माओवादीहरु एक नभए टुक्राटुक्रा भएर कुहिएर सकिने बताए । प्रचण्ड र मोहन वैद्य किरणमाथि बुद्दा लागेर पक्राउ पक्राऊ पर्दा वक्तव्य निकाल्ने मान्छेसम्म नहुने भन्दै थापाले माओवादीवीच एकता जरुरी रहेको बताएका थिए । कार्यक्रममा कम्युनिष्ट इतिहासविद डा. सुरेन्द्र केसीले प्रचण्ड, किरण, मात्रिका यादव र मणि थापाहरु एक भए माओवादीभित्र नारायणकाजी प्रवृत्ति कमजोर हुने भन्दै एक हुने सुझाव दिए । कीर्तिपुरमा विद्यार्थीको सम्मेलन भाँडिएको घटनादेखि बिराटनगरको राष्ट्रिय सम्मेलनमा समेत भद्रगोल हुनुमा नारायणकाजी प्रवृतिको दोष रहेको डा. केसीले बताए । माओवादी विद्यार्थी संगठनले विद्यार्थी दिवसका अवसरमा माओवादीका चार घटकलाई एउटै मञ्चमा उभ्याएको हो । कार्यक्रममा मात्रिका यादवले एमाओवादी अध्यक्ष प्रचण्डलाई कडा आलोचना गरेका थिए । यादवले प्रचण्डको आलोचना गर्दा कार्यक्रममा हाँसो र भावुकता दुबै छाएको थियो । कार्यक्रममा प्रचण्ड र किरणले एकताको कुरा गरेपछि माओवादी कार्यकर्तामा उत्साह देखिएको थियो । यस्तो कार्यक्रम आायोजना गरेर एकताको वातावरण बनाएको भन्दै प्रचण्ड र किरण दुबैले विद्यार्थी संगठनलाई धन्यावाद दिएका थिए । ‘आजको सुरुवात यो सुरुवात हो । यसको निकै ठूलो राजनीतिक महत्व छ, -प्रचण्डले कार्यक्रममा भने- ‘हामी सबैले आत्मसात गरौँ र, नयाँ युगको शुत्रपात गर्ने प्रयास गरौं ।’

प्रतिक्रियाहरु

[anycomment]