‘क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी’

२०७९ फाल्गुन २७ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी भएको बताउदै जनयुद्धको क्रममा प्रचण्ड र बाबुरामवीचको अन्तरविरोधले पार्टीलाई क्षति भएको बताए । आज रुपन्देहीको बुटवलमा आयोजित “स्मृतिमा वीरजङ्ग” कृतिको परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिरहीले सो कुरा बताएका हुन। नेता बिरहीले कम्युनिस्ट पार्टीको एकता एमसीसी कार्यान्वयन गर्न, संसदीय व्यवस्थालाई बलियो बनाउन र राष्टघात गर्न नहुने भन्दै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी र क्रान्तिकारीहरुबीचको धु्रवीकरण हुन लागेको बताए । उनले संसदीय व्यवस्था असफल भएको बताउदै साम्राज्यवादीहरुलाई खुशी पार्न प्रचण्डले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह फेर्न लागेको बताउदै आफ्नो कार्यकर्तालाई नेकपामा आउन नदिन एकताको भ्रम दिइरहेको बताए । उनले संसदीय संकटलाई क्रान्तिकारी संकटमा बदल्न जरुरी रहेको र अहिले देशको आर्थिक संकट बनावटी भएको भन्दै यसको समस्या दलाल पुँजीवाद भएको बताए । उनले वीरजंगको बाटोमा हिड्नुको अर्थ उहाँको सपनाहरुलाई पुरा गर्नुरहेको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज कामरेड प्रज्वलन सीले जनक्रान्तिका महान सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको इतिहास लेख्नु बाँकी रहेको बताए । उनले वीरजंगको इतिहास लेखनको सुरु भएको भन्दै उहाँका बाँकी बिषयहरु लेखिदै जाने समेत बताए ।उनले जनक्रान्तिका सबै योद्धाहरुको इतिहास लेखेर उहाँहरुको सम्मान गर्नुपर्ने बताउदै कार्यक्रममा सहभागी भएर किताबमाथि समीक्षा गर्ने टिप्प्णीकार, विभिन्न व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गरे ।

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भेसराज भुसालले तत्कालीन पार्टी पोलिटब्युरो सदस्य वीरजंग दुश्मनसित कहिल्यै नझुकेको बताए । उनले कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनभित्र देखा परेका समस्याविरुद्ध दृढतापूर्वक क्रान्तिकारी धारमा उभिएको बताए । नेता भुसालले वीरजंग क्रान्तिकारी धारमा सतिसाल उभिएको बताउदै उहाँको क्रान्तिकारी विचारलाई सबैले आत्मासत गर्नुपर्ने बताए ।

यसैगरी, वरिष्ठ अधिवक्ता एवं साहित्यकार दिल साहनीले वीरजंग एक साहसी नेता भएको उल्लेख गर्दै वीरजंग, इमान्दार, निष्ठावान, असल, सरल, त्यागी नेता भएको बताए । उनले स्मृतिमा वीरजंग किताबमाथि चर्चा गर्दै जीवनी र संस्मरणलाई ध्यानदिनुपर्ने र जनयुद्धको नेतृत्व गरेको प्रचण्डले बाटो विगारेको भन्दै त्यसपछिको कम्युनिस्ट आन्दोलनको नेतृत्व विप्लवले गर्नुपर्ने बताए । साहनीले प्रचण्डले संसदबाट एमसीसी पास गरेर गम्भीर गल्ती गरेको भन्दै माओवादी जनयुद्ध भारतद्धारा सञ्चालित भनि गरिएको प्रचार गलत भएको बताए । उनले वीरजंग संसदीय व्यवस्थालाई अस्वीकार गर्नुभएको बताउदै निरन्तर क्रान्तिको क्रममा जीवन समर्पित गरेको बताए । कम्युनिस्ट पार्टीमा कार्यकर्ता कस्तो बनाउने भन्ने कुरा नेतृत्वले ध्यानदिनुपर्ने बताउदै उनले वीरजंग असल नेतृत्वकै कारण क्रान्तिकारी भएर दिवंगत हुनुभएको बताए ।

यसैगरी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले वीरजंग कम्युनिस्ट आन्दोलनका इमान्दार नेता भएको बताए । उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याहरुविरुद्ध उहाँ निरन्तर लडिरहेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीमा इमान्दार र क्रान्तिकारी नेता भएको र अहिले राष्टिय राजनीतिमा देखिएको समस्याहरुले वीरजंगजस्ता नेताहरुको खाँचो रहेको बताए ।

यसैगरी, प्राध्यापक एवं साहित्यकार ऋषिराम भुसालले पंचायत विरोधी आन्दोलनका कैयौं क्रान्तिकारी नेताहरु सत्ता र स्वार्थमा डुबेको उलेख गर्दै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता स्वयं असल चरित्रको हुनुपर्ने र वीरजंग यसको प्रतीक भएको बताए । उनले वीरजंग युवा अवस्थाबाट पंचायत विरोधी आन्दोलनबाट राजनीतिमा जोडिएको बताउदै बहुदल आएपछि २०४९ को स्थानीय चुनावमा गाविस अध्यक्ष बन्नुभएको स्मरण गरे । उनले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले दमन गरेपछि उहाँलाई काम गर्न असहज भएपनि त्यसका विरुद्ध लड्नुभएको बताए । उनले वीरजंगले जनयुद्धमा सेना, राजनीतिक कमिसार र युद्ध र आक्रमणहरुमा जोडिएको चर्चा गर्दै बेनी घटनामा घाइते हुनुभएको स्मरण गरे । उनले ड वीरजंग जेलभित्र रहेर पनि कार्यकर्तालाई भित्र राखेर आफु बाहिर निस्कन नमान्नु उहाँको कम्युनिस्ट चरित्र भएको बताए । कम्युनिस्ट रुपमा रुखा र कडा भएपनि सारमा सरल र असल हुने बताउदै वीरजंगभित्र त्यो चरित्र रहेको उल्लेख गर्दै कम्युनिस्ट नेताहरु सबै अभिभावक हुन नसक्ने तर वीरजंग क्रान्तिकारीहरु नेता कार्यकर्ताहरुका लागी अभिभावक भएको बताए।

यसैगरी, वरिष्ठ कवि रामचन्द्र भट्टराईले वीरजंग निभेर पनि बलेको बत्ती भएको बताए । कवि भट्टराईले उहाँ महान सहिद भएको भन्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले वीरजंग गरिब दुखी जनताको नेताको भएको बताउदै उहाँको इमान्दारिता, क्रान्तिकारिताबाट सबैले सिक्नुपर्ने बताए । उनले अहिले कम्युनिस्टहरु विभाजित भएको बताउदै यसले दुश्मनको मनोबल बढेको बताए । उनले कम्युनिस्ट पार्टीमा हुने फुटले चिन्तित बनाएको भन्दै यसले जनतालाई समेत निराशा बनाएको बताए । उनले देशको राष्टियता, जनतन्त्र र जनजीविकाका लागी कम्युनिस्टहरु एक हुनुपर्ने बताए ।
उक्त कार्यक्रमको अध्यक्षता ब्युरो इन्चार्ज प्रज्वलन सीले गरेका थिए भने कार्यक्रमको सञ्चालन रुपन्देही इन्चार्ज शरद सीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार