नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्दीय कार्यालय आलोक नगरमा भएको उक्त भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध भएको र यो राष्ट्रघाती , जनघाती र ठगि जस्तो आपराधिक कार्य भएकोले यसको तथ्यपरक ढंगले छानविन गरि दोषीलाई निर्ममतापुर्वक कारवाही गर्नु पर्ने बिषयमा छलफल भएको बताइएको छ।
यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गरेर बदलाभावको मनोबृतिले काम गर्न नहुने बिषयमा छलफल हुनुका साथै यो बिषयलाई लिएर बिदेशी शक्ति आकर्षित हुने र हस्तक्षेप बढ्न सक्ने तर्फ चनाखो हुँदै यसको निरुपण गर्ने सवालमा राष्ट्रिय आत्मसमर्पण गर्ने खतरा प्रति सरकार , आम राजनीतिक दल , नेता र जनता सचेत हुनुपर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब ले नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणले यो व्यवस्थामा आएको संकटलाई उत्कर्षमा पुर्याएको बिश्लेष्ण गर्दै संसदीय व्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवाद स्थापना गर्नु नै वर्तमान संकटको सहि निकास हुनेमा दुवै नेता सहमत भएको बताइएको छ। साथै वर्तमान राजनीतिक संकटको समाधानको पहलकदमी कम्युनिस्टले लिन जरुरि भएको निष्कर्ष निकाल्दै यसको लागि तत्काल समाजवादी मोर्चा बनाएर अघि बढ्ने सहमति समेत भएको बताइएको छ।

यसैक्रममा , नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबीच सोमबार अपरान्ह भेटवार्ता भएको बताइएको छ।