नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बुधबार बिहानदेखि सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ शीर्षकको १० पृष्ठ लामो दस्तावेजमाथि छलफल भईरहेको बताइएको छ ।
सो पार्टीको नवौं महाधिवेशनले ६ सदस्यीय स्थायी समिति निर्वाचित गरेको थियो भने केहि समय अघि नेकपा माओवादी समाजवादीसङ्ग पार्टी एकता भएपछि हाल कर्णजीत बुढाथोकी सहित ७ सदस्यीय स्थायी समिति बनेको छ । स्थायी समिति बैठकमा अब छिट्टै बस्न लागेको पार्टीको पोलिटब्युरो र केन्द्रिय समितिको पुर्ण बैठकको गृहकार्य गर्ने ,देशको पछिल्लो समसामयिक तथा विकसित घटनाक्रमबारे पार्टी दृष्टिकोण तय गर्ने र मुलुकको संकटपुर्ण स्थितिलाई निकास दिन कम्युनिस्टआन्दोलनलाई एकताबद्ध र ध्रुवीकरण गर्नका लागि सम्वाद समिति बनाउनेबारे छलफल भईरहेको बताइएको छ।