‘ बेपत्ता योद्धाका सपना पुरा गरि छाड्छौं’

२०८० जेष्ठ ७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले बेपत्ता योद्धाहरुका सपना पुरा गरि छाड्ने प्रतिबद्धता जनाएका छन। वेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो प्रतिबद्धता जनाएका हुन्।
महासचिव विप्लव सी ले आफै वेपत्ता हुन परे पनि तयार रहेको उल्लेख गर्दै वेपत्ता योद्दाहरुका सपनाहरु पुरा गरेरै छाड्ने बताउदै भने – “जसले बेपत्ता हुने हिम्मत गरे, उनिहरुको कारणले नै आज देशमा गणतन्त्र र परिवर्तन भएको हो।तर उनिहरुका परिवारहरुले आफ्ना आफन्तहरू खै भनेर प्रश्न गरिरहेका छन।यो प्रश्न गणतन्त्र , सबै पार्टी र नेताहरूलाई सोधिएको प्रश्न हो”-उनले भने-“बेपत्ता र सहिदका परिवारले आफ्ना परिवारको बलिदान प्रति गौरव गर्ने स्थित बनेको छैन, उल्टै उनिहरु अपमानित हुनु परेको छ।”
महासचिव विप्लवले जसरी जनयुद्धले इतिहास रचेको थियो अब फेरि नयाँ इतिहास शुरुआत गर्ने बेला आएको छ त्यो संभव भएको उल्लेख गर्दै भने – ‘एकपटक प्रचण्ड फेरी माओवादी जस्तो हुनुहोस् , बेपत्ता योद्दा , युवा ,किसान ,दलित महिला र देशको हितमा प्रचण्डले सरकारमा प्रस्ताव ल्याउनुहोस, हामी सडकबाट लाड्न तयार छौं । ‘


उनले सहिद, बेपत्ता र युवाहरूलाई बिभाजित हुन नदिने बरु नयाँ उचाईमा एकीकृत गर्ने बताए। उनले आफुहरुले २१ औं शताब्दीमा एकदलीय समाजवाद होइन प्रतिस्पर्धामक समाजवाद चाहेको र नेपालको संविधान र सबै दलहरुले आफुलाई समाजवादी भन्ने गरेको भए पनि नेपाल कम्युनिस्ट पार्टीले समाजवादको कुरा गर्दा एकदलीयताको आरोप लगाउने गरिएको बताए ।
उक्त अन्तर्कृया कार्यक्रमा प्रधानमन्त्री प्रचण्ड ,काङ्ग्रेस नेता रमेश लेखक, एमाले उपमहासचिव प्रदिप ज्ञवाली, जनता समाजवादीकी नेतृ हिसिला यमी र वरिष्ठ अधिवक्ता एकराज भन्डारीले समेत सम्बोधन गरेका थिए । वेपत्ता परिवारको तर्फबाट डा राम भण्डारी ,इन्द्र केशरीश्रेष्ठ,टिका कडेल,आरतीले वेपत्ताहरुको स्थिति सार्वजनिक गरि उनिहरुको योगदानलाई संस्थागत गरिनुपर्ने माग समेत राखेका थिए भने कार्यक्रमको सञ्चालन बेपत्ता योद्दा परिवार केन्द्रिय सदस्य आस्था सी ले गरेकी थिइन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु