प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन समाजवादी मोर्चा

२०८० असार ४ गते, सोमबार


काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन समाजवादी मोर्चा गठन भएको बताएका छन। सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।
अध्यक्ष नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएउदै केहीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि मोर्चा नबनाएको दाबी गरे । उनले अगाडि भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् ।’
उनले सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरेको बताए । ‘कुनै पार्टीलाई घुर्क्याउन, तर्साउन होइन । ढुक्क हुनुस्, जो समाज आमूल परिवर्तनको पक्षमा छैनन् उनीहरू तर्सिन्छन् । अरू ढुक्कले सुते हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ । नेपालले मोर्चा स्वार्थले नबनेको भन्दै सिद्धान्तहीन र बिचारहीन पनि नभएको बताए ।
‘यसको प्रस्ट उद्देश्य छ । त्यो उद्देश्य प्रतिगमन र यथास्थितिकाविरुद्ध परिवर्तनका लागि एकताबद्ध हुने, सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरुलाई हामी एकताबद्ध बनाएर लान चाहान्छौं’, नेपालले भने, ‘देशभक्त शक्तिलाई हातेमालो र एकताबद्ध गर्न चाहन्छौ । अध्यक्ष नेपालले लामो समयअघि नै मोर्चा निर्माण गर्ने सोच बनाए पनि निर्वाचन लगायतका कारणले ढिलो हुन पुगेको बताए । उनले विप्लवले आयोजना गरेको पार्टी स्थापनाबाट आफू प्रभावित भएको भन्दै त्यसपछि उनीसहितको शक्तिलाई एकै ठाउँमा गोलबन्द गर्ने प्रयास गरेको बताए । शब्द शब्दमा छलफल गरेर मात्रै मोर्चा गठन गर्न सकिएको भन्दै उनले हाल चार पार्टी मात्रै मोर्चामा भए पनि अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]