‘एमसीसी कार्यान्वयन गर्नु जनता र मातृभूमिप्रति धोखा हो’

२०८० भाद्र ११ गते, सोमबार


काठमाडौँ। पूर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता हेमसंकर गिरीले एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताएका छन। एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजित बृहतअन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रवक्ता गिरीले सो कुरा बताएका हुन् । प्रवक्ता हेमसंकर गिरीले एमसीसी कार्यान्वयनमा लिए जनता र मातृभूमिप्रति धोखा हुने बताए । उनले एमसीसीका विरुद्ध आज पनि राष्ट्रको सिपाही भएको र तपाईहरुले बाेलाएको ठाउँमा बलिदान दिन तयार भएको प्रतिबद्धता जनाए ।
प्रवक्ता गिरीले नेपालमा राजकिय सत्ता नै विदेशीको हातमा रहेको भन्दै नेपालमा एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]