‘नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले समाजवादी मोर्चा खडा गरिएको हो ’

२०८० आश्विन ६ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले   समाजवादी मोर्चा खडा गरिएको ठोकुवा गरेका छन।   शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सो ठोकुवा गरेका हुन्। 

 महासचिव विप्लव सी ले   सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको प्रष्ट्याउदै  नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चा गठन गरेको बताए  ।

महासचिव विप्लव सी मोर्चाले सबै कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने बताए ।  उनले  देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने बताउदै भने – ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ । यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्छ । त्यसले मात्रै बुझ्न सक्छ त्यो । नि:शर्त दाउमा राखेर लड्ने मानिसले मात्रै बुझ्ने कुरा हो नि यो । सानासाना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन । हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठहर्‍याएको छ । र, यो वस्तुवादी कुरा हो,  यो गर्नैपर्छ । त्यो मात्रै होइन सारा कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउनेगरी सोच्नुपर्छ । हामीले बहस गर्ने आँट गर्नु पर्छ । तिमी साँच्चै देशको सेवा गर्ने हो, जनताको माया गर्ने हो ? ल यसरी भन्ने आँट गर्नु पर्छ । त्यो मात्रै होइन, काँग्रेससँग पनि बहस गर्ने आँट गर्नुपर्छ । ऊ पनि एउटा राजनीतिक क्षेत्र हो नि त । त्यहाँ हामीले बहस गर्नैपर्छ । त्यो गर्ने गरी नै हामी समाजवादी मोर्चामा भाग लिएका हौँ । त्यस कारण यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने । यो होइन । नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ ।’

महासचिव विप्लव सी ले नेपालको संविधानले  जनताको चाहनालाई प्रतिविम्ब नगरेकाले   परिवर्तन गर्नुको बिकल्प नभएको बताए  ।

प्रतिक्रियाहरु

[anycomment]