नेकपाले भूकम्प पीडितका लागि राहत सामग्री पठायो

२०८० कार्तिक २० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले गत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे लागि राहत सामग्री पठाएको छ । सो पार्टीका महासचिव विप्लव सी को प्रत्यक्ष सहभागितामा काठमाडौँमा संकलित राहत सामग्री आज जाजरकोट र रुकुम पश्चिम पठाइएको हो ।

स्मरणीय छ , गत शनिबार सो पार्टीले काठमाडौँ मा पत्रकार सम्मेलन गरि भूकम्प प्रभावितहरुलाई पार्टीको तर्फवाट बिभिन्न सहयोग पुर्याउने घोषणा गरेको थियो । जस अन्तर्गत पार्टीको खाद्यय भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल) उपलब्ध गराउने , जनस्वास्थ्यकर्मी महासंघ (डा.प्रकास सी)को नेतृत्वमा डक्टरहरुको टोली जाजरकोट र रुकुम खटाउने , भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने , राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने , देशको राजधानी लगायत सबै जिल्लामा राहतकालागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने , पार्टीले राहत कोषका लागि आधिकारिक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने र विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]