‘नेपाल कम्युनिष्ट पार्टीसंग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर ‘
काठमाडौँ । समाजबादी मोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलगायतका नेताविरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको आदेशप्रति गम्भीररुपमा ध्यान आकर्षित भएको बताउदै नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरेको छ ।
यस बिषयमा समाजबादी मोर्चा नेपालका संयोजक एबम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ- ‘केहिदिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव सी र प्रवक्ता कमरेड प्रकाण्ड सी लगायतका नेता
विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश प्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्धन्द पैदाहुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको तीन बुदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ ।’