समाजवादी मोर्चामा आवद्ध शिर्ष नेताहरुको बैठक पुन: सुरु

काठमाडौँ । चार दलिय समाजवादी मोर्चा नेपालका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा पुन : सुरु भएको छ ।आज विहान साढे ८ बजे देखि १० बजे सम्म बसेको बैठकमा छलफल नसकिएकोले अहिले साँझ मोर्चाको बैठक पुन: बसेको हो।
समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका चार दलिय मोर्चाका दोस्रो तहका नेताहरुको सहभागीता रहेको छ
मोर्चाको बैठकले देशको पछिल्लो राजनीतिक संकटपूर्ण अवस्थाको बारे गहिरो छलफल गर्दै अबको बस्तुबादी राजनीतिक निकासका विषयमा पनि गम्भीरताका साथ छलफल गर्दै मोर्चाको नेतृत्वका बारेमा समेत निर्णय गर्ने बताइएको छ । समाजवादी मोर्चामा चार– चार महिनामा नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समयाबधि करिब सकिएको छ ।