क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबीच ध्रुवीकरण आवश्यक

२०८१ श्रावण ३२ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबीच ध्रुवीकरण आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशद्वारा शुक्रबार बर्दिवासमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीचकाे ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता अनिल सीले नेकपा एकता बिरोधि नभएको तर एकता सत्ता ,शक्तिको लागि नभई समाजवादको लागि हुनपर्ने बताए ।
यसैगरी , सोहि कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादवले माओवादी केन्द्र परिवारवादमा फसेको र अब त्यो पार्टीबाट क्रान्ती नहुने बताए । उनले शान्तिप्रक्रियामा आउने बित्तिकै बिप्लवले प्रचण्ड बिग्रेकोभन्दा आफुलाई नराम्रो लागेको तर आफुले त्यो पछि बुझेको बताए ।


नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशद्वारा आयोजित उक्त क्रान्तिकारी कम्युनिस्टहरूबीचकाे ध्रुवीकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादव ,लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय सदस्य नवल मण्डलसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले माला लगाएर सम्मान गर्दै पार्टीमा समाहित गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य देवनारायण सी , केन्द्रिय सदस्य पवन सी ,सर्लाही जिल्ला सेक्रेटरी जनक सी ,अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]