‘देश दलालहरुको कब्जामा परेको छ’

२०८१ मंसिर ८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देश दलालहरुको कब्जामा परेको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसकाे अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा बृहत् प्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।


महासचिव विप्लव सीले देश दलालहरुको कब्जामा परेको ठोकुवा गर्दै भने- ‘यहाँ रातारात भित्रिएका खर्बपतिहरु दमन चलेको छ । नेपालमा अहिले केही हुँदैन भन्ने निराशा छाएको छ । १७ हजार मान्छेको बलिदानपछि आउने व्यवस्था यस्तै हो ? संसद्मा समेत बलिदान गर्ने, क्रान्ति गर्नेहरुमाथि, खिल्ली उडाउने काम भएको छ । जसले परिवर्तन गर्यो, बलिदान, क्रान्ति गर्यो उ चाहीँ अपमानित हुनुपर्ने ? दलाल पुँजीपतिहरुको सत्ताले यो हालत भयो । यो देशमा भोकै मर्न तयार हुनुपर्छ । यो देश दलालहरुको हातमा सुम्पिएर विदेश जानुहुँदैन् । तराईका खेतसँग खेल्ने हो । दलाल पुँजीपतिहरुले केही समय जितेका छन् । त्यो भ्रम हो । नेकपा छ, जनयुद्ध लडेका युवाहरुको नेकपा छ । नेपाली जनताहरुको व्यवस्था बनेको छैन् । हामीले चाहेको राज्य बनेको छैन् । हामीले बनाउनैपर्छ । जनताका बीचबाट पलायन हुने होईन । जनताको बीचमा बस्नुपर्छ ।’


महासचिव विप्लव सीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको ठोकुवा गर्दै पूराना दलका नेताहरुले भ्रष्टाचारबारे दिनदिनै प्रष्टीकरण दिनुपरेको छ भने नयाँ दल रास्वपापनि त्यसबाट अछुतो नभएको बताउदै भने- ‘अहिले नेपालमा भ्रष्टाचारको महारोग छ। कोरोना भाइरसजस्तै फैलिएको छ । काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छ । भ्रष्टाचारीहरुको डण्डा बर्सिन्छ । भ्रष्टाचारीहरुको भाषण सुन्नुपर्छ । देशमा अहिले मजाक हेर्नुपरेको छ । उनीहरु मैले विदेशमा पैसा लुकाएको छैन् भनेर प्रष्टीकरणमात्रै दिन्छन् । समाजमा अहिले भ्रष्टाचारको आतंक छ । हिजो प्रचण्डजीको सरकार हुँदापनि उहाँ सरकार ढल्दैन भन्नुहुन्थ्यो, अहिले केपीजीको सरकार छ, उहाँपनि सरकार ढल्दैन भन्दैहुनुहुन्छ । तर जनतालाई के लागेको छ भने यो सरकार आजै ढल्छ । राति ढल्नसक्छ, भोलि विहान ढल्छ भन्ने लागेको छ। अहिले कोही मान्छे सन्तुष्ट छैनन् । केही नयाँ पार्टी छन्, जो गर्भबाटै भ्रष्टाचार बोकेको छ । एड्स रोगीबाट जन्मिएका सन्तानजस्तो । कोही मान्छे गँजेडी छन्, नायकजस्तो बनेका छन् । उनीहरु जनसेवक अरे, अनि हामी को ?’


महासचिव विप्लव सीले नेकपा पूनर्गठनको औचित्य पुष्टि हुँदै गएको बताउदै भने- ‘नेकपा यहाँ पुग्छ भन्ने कसैलाई पनि विश्वास पनि थिएन होला । तर, अहिले सबै अचम्मित छन् । नेकपाको फरक दृष्टिकोण छ । यो लडाईं थियो । हामी सबै माओवादी नै हौं । यो देशमा रगत बगाएका हौं । हामी लडेर आएका हौं । हामी देशभक्त हौं । नेकपा जनताको हितको लागि बनेको हो ।’
महासचिव विप्लव सीले आफूहरुले चाहेको व्यवस्था अहिलेसम्म नआएको बताउदै भने-‘०६४ सालपछि हामी नयाँ जीवन चाहन्थ्यौं । माओवादीले जुन दिन विजयी हाँसिल गर्नेछ, जनताले विजयी हाँसिल गर्नेछ । जनताको अनुहारमा मुस्कान छाउनेछ । रगतलाई गौरवको रुपमा बुझ्नेछ । मसिर ८गते जनमुक्ति सेना बनेको दिन हो । नेपालमा सुकुम्बासीको अन्त्य भएको हेर्न चाहन्थ्यौं । जनजातिहरु सत्तामा पुगेको हेर्न चाहन्थ्यौं । युवाहरुले नेपालमै बसेर देश बनाएको हेर्ने हो । २१औं शताब्दीमा जनयुद्ध लडेका युवाहरु यही देशमा बस्नुपर्छ । गणतन्त्रलाई ठूलो उपलब्धिको रुपमा हेर्नुपर्छ । जनताका अधिकार पनि प्राप्त भए । तर, जनताको जीवनमा परिवर्तन भएन । नेपाल देश स्वाधिन भएन । क्रान्तिले पूर्णता पाउन सकेन । नेपाली जनताको व्यवस्था बन्न सकेन । क्रान्ति अधुरो भयो । अधिकार अधुरो भयो । नौजवानले आफ्नो भविष्य अन्धकार भएको महशुस गरे । हाम्रा मान्छेहरुलाई अपमानित हुन दिनुहुँदैन् ।’


यसैगरी, महासचिव विप्लव सीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्नेबाहेकको अरु कुनै काम नभएको बताउदै भने- ‘हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो । अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नुभएको छ । उहाँको काम नै त्यहीमात्रै छ । जनतालाई लागेको छ, यो राति १२ बजे ढल्नसक्छ । बिहानै उछिटिनसक्छ अथवा देशमा भ्रष्टाचारीहरुले कब्जा गर्नसक्छन्, यो लागिरहेको छ ।’
महासचिव विप्लव सीले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताउदै भने- ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’
यसैगरी, महासचिव विप्लव सीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्नेबाहेकको अरु कुनै काम नभएको बताउदै भने- ‘हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो । अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नुभएको छ । उहाँको काम नै त्यहीमात्रै छ । जनतालाई लागेको छ, यो राति १२ बजे ढल्नसक्छ । बिहानै उछिटिनसक्छ अथवा देशमा भ्रष्टाचारीहरुले कब्जा गर्नसक्छन्, यो लागिरहेको छ ।’
महासचिव विप्लव सीले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताउदै भने- ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’

यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य तथा सहिद परिवार समाज नेपालको अध्यक्ष खुमा सीले आफ्नो पार्टीले जनमुक्ति सेनाको विरासत जोगाएको बताएकी छन् । पार्टी स्थापना भएको १० बर्ष पुराभएर पार्टी ११औँ बर्षमा प्रवेश गरेको बताउँदै उनले लक्का जवान भएको पार्टीले जनताको नेतृत्व गर्ने बताइन् । उनले दलदलमा फसेको कम्युनिस्टको झण्डालाई उठाएर विप्लवले समाजवादको नेतृत्व गर्ने बताइन् ।
यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले दलाल पुँजीवादले नेपाललाई संसारको सबैभन्दा गरिब देश बनाएकाे बताए । उनले ८० को दशक समाजवादको दशक हुने बताउँदै यो समयमा दलाल पुँजीवादको अन्त्य हुने जिकिर गरे । उनले विश्वविद्यालयहरु आफन्तको भर्तिकेन्द्र बनेको बताउँदै यसको अन्त्यका लागि अखिल समाजवादीले संघर्ष गरिरहेको बताए ।
यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सीले नेपाल कम्युनिष्ट पार्टीको पूनर्गठन दिवस उत्पीडित वर्ग, जाति, क्षेत्रका जनताको मुक्तिका लागि शंखघोष भएको दिन भएको बताइन । उनले दलाल संसदीय व्यवस्थाका कारण नेपालका सम्पूर्ण श्रमिक समुदायसहित महिलाहरु धेरै पीडित भएको बताइन् । उनले दलाल संसदीय व्यवस्थाले महिलालाई शरिर बेचेर खान बाध्य पारेको, श्रमिकले विदेशमा धेरै सस्तोमा श्रम बेच्न बाध्य भएको, धेरै महिलाहरुले आफ्नो जीवन गुजारा गराउन जस्तोसुकै कर्म गर्न बाध्य भएको बताउँदै यसको अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको जिकिर गरिन् ।
उनले यो व्यवस्थाको अन्त्य गर्न, आम श्रमजिवि र महिलाको लागि मुक्तिका लागि नेकपाप्रति विश्वास रहेको बताउँदै त्यो विश्वासलाई टुट्न नदिन शुभकामना दिएकी थिइन् ।
यसैगरी, उक्त जनसभामा स्वागत मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले जनताको सपनालाई यथार्थमा बदलेरै छोड्ने बताए । उनले जनताका सपना पूरा नभएसम्म आफूहरु संघर्षमै रहने प्रतिबद्ता जनाउदै यो संघर्षको मैदानमा आएका सम्पूर्ण चुनौतीलाई सामान गर्न आफूहरु तयार भएको बताए ।
यसैगरी, उक्त जनसभाको संचालन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपाली जनतार देशले मुक्ति चाहेको बताए । उनले दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नेपाली जनताको चाहाना रहेको बताउदै जनताको यो चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेर छोड्ने उद्घोष गरे । उनले नेपाली क्रान्तिका नायक, जनताको विश्वास पात्र विप्लवको नेतृत्वमा नेपालमा दलाल पु्ँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]