देशको बागडोर  अमेरिकी साम्राज्यवादीहरुको मुठ्ठीमा !

२०८३ असार १० गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले  देशको बागडोर    अमेरिकी साम्राज्यवादीहरुको मुठ्ठीमा गएको ठोकुवा गरेका छन् । सोमबार सो  पार्टीको बागमती प्रदेशको बिशेष बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। 

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले  रुपमा हर्दा  देशको बागडोर   बालेन र रबिको  नेतृत्वमा   गएको देखिएता पनि  सारमा अमेरिकी साम्राज्यवादीहरुको मुठ्ठीमा गएको बताए ।

 उक्त बैठकमा प्रवक्ता प्रकाण्ड सीले पछिल्लो राष्ट्रिय राजनीतिक  घटनाक्रम र हालै  सम्पन्न भएको  सो पार्टीको सचिवालय बैठकका निर्णय बारेमा प्रशिक्षण  गर्दै अहिले  देशकाे स्थित बिशिष्ठ रहेकोले    साेचाईहरू पनि विशिष्ट नै हुनु पर्ने बताए।  उनले भने- ‘याे स्थितिमा  विभिन्न खालका समस्याहरूआउछन्।   अहिले  बिगतकाे भन्दा जटिल अवस्था छ ।  नवदलाल, पूंजीवाद र  अमेरिकी साम्राज्यवाद संग सङघर्ष गरेर नेपाली जनतालाई नेपाली बिशेषताकाे समाजवादी ब्यवस्था दिनुपर्नेछ । यस   परिस्थितिमा राष्टवादी,लाेकतन्त्रवादी, बामपन्थीकाे अवस्था हामीले  चिनेका छाै   तर तिनिहरूबाट वर्तमान राजनीतिक  समस्याकाे समाधान सम्भव छैन । याे सबै समस्याको   समाधान वर्गसंघर्ष  र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट   सम्भव छ।’

 यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले अहिले  क्रान्तिकारीहरुको हातबाट गुमेको राष्ट्रिय राजनीतिलाई सहि मार्गमा ल्याउन अन्य  संसदवादी पार्टीहरूकाे काबु भन्दा बाहिरको बिषय  भएको  र  त्यसलाई   सहि  मार्गमा ल्याउन क्रान्तिकारी  बिचार र साहास भएको पार्टी र  नेतृत्व चाहिने  र त्यो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)संग मात्रै भएको बताए ।  उनले  भाद्र २३-२४ गते भन्दा पहिला संसदवादी पुराना दलालहरूले  देश र जनतालाई जसरी घात गरे त्यसको  फाइदा उठाएर  अमेरिकी   साम्राज्यवाद आएको बताउदै भने- ‘ संसदवादी दलहरूको कोणबाट  हेर्नू भयो भने आगामी पांच  बर्ष पछिपनि याे शक्तिसंग सकिदैन कि भन्ने छ । यो गलत धारणाबाट देशलाई बाहिर ल्याउनु पर्छ । हामीले समाज बदल्नु छ  त्यसैले सबै  भन्दा पहिला आफु र आफ्नो पार्टी लाई बदलन सक्नुपदर्छ अनि मात्र क्रान्तिलाई बिजयसम्म पुर्याउनु सकिन्छ ।’

 यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले कुनै पनि नीतिहरू  प्रयोगमा जानु  भन्दा पहिला नीति बनाउने बेला, प्रस्ताव  छलफल गर्दा ध्यान दिनु पर्ने बताए । उनले भने –  ‘नीति बनाइ सकेपछि प्रयोगमा जानेबेला गडबडी गर्नु हुँदैन । चुनावी माेर्चाकाे प्रयोगकाे क्रममा खडा भएका डरलाग्दा  चुनाैतिहरूकाे सामाना गर्ने बेला   सिलु लगायतमा  मुख्यरूपमा यो  समस्या  देखियो । क्रान्तिका माेर्चाहरूमा जटिलता आउछन् ।  जटिलता आए भनेर छाेडन मिल्दैन।   बरू यसको डटेर सामाना गर्नुपर्छ यो कुरा पार्टी नेता र कार्याकर्ताहरूले  राम्रोसँग बुझन जरुरी छ।’

 यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले अहिले पार्टीबाट भाग्न खाेजेका तत्वहरूकाे  पार्टी र नेतृत्वमाथिकाे  आक्रमण एउटै सार  तर     शैलीहरू भिन्न भएको बताउदै     क्रान्तिकारी नेता र कार्यकर्ताहरूले  यसमा बिशेष ध्यान दिनु पर्ने बताए।  उनले भने-  ‘भाद्र २३-२४ गते भन्दा पहिला नेपालमा नेपाली बिशेषताकाे समाजवाद र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)काे  मात्रै बिकल्प थियोे भने २३-३४ गते  अमेरिकी साम्राज्यवादले हमला गरिसकेपछि केही साथीहरूले यो पार्टीको  कार्यादिशा र नेतृत्वबाट हुँदैन र गर्दैन  भन्नेकुरा देख्न थाले । भाद्र २३ -२४ गतेकाे मुख्य हमला एकीकृत जनक्रान्ती  र त्यसकाे नेतृत्वमाथीकाे थियोे ।   पार्टी र नेतृत्वको  स्वच्छ  छबि  र लाेकप्रियताका कारणले  गर्दा  भाैतिकरूपमा हमला गर्ने रणनीति असफल  भएको हाे।’

प्रवक्ता प्रकाण्ड सीले  नेपाल कम्युनिस्ट पार्टी ( माओवादी)    उत्पीडित  बर्ग र राष्टकाे  प्रतिनिधि गर्ने पार्टी  भएकोले    बर्ग र राष्टमाथी हमला  हुँदा  नभागी रक्षा गर्नु पर्ने बताए । उनले भने- ‘माक्र्सवाद भनेको मन्चमा गएर भाषण गर्ने होइन कि   जिवन ब्यवहारमा लागू गर्ने हाे।    बैचारिक, राजनीतिक र संगठनात्मक रूपमा  हाम्रो पार्टीका बिरूद्धमा  मरेको लास पाए पनि बोक्दै  हिडने प्रचण्डकाे रणनीति छ। भाद्र २३-२४ पछि अमेरिकी  साम्राज्यवाद र नवदलाल पुजीवादकाे सशक्त प्रतिवाद हाम्रो पार्टी र नेतृत्वबाहेक अरू कसैले गर्न सकेका  छैनन्   किनभने  संसदवादी दल र नेताहरुको सातोपुत्लो उडेको   छ।’

 यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले  नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई बैचारिक ,राजनितीक  ,कार्यदिशा, कार्यनीति र  सङघर्षका दृष्टिकोणबाट  तुलना गर्ने नमिल्ने बताए।   उनले भने-   नेपाली कम्युनिस्ट पार्टी   बैचारिक , कार्यदिशा र  कार्यनितिकाे दृष्टिकोणका     हिसावले    उ संसदवादी पार्टी हाे भने हामी क्रान्तिकारी  नेकपा  (माओवादी ) हाै ।    हामी क्रान्तिकारी पार्टीका नेता र कार्याकर्ता हौ। क्रान्ति हुदैन भनेकुरा माक्र्सवाद बिराेधी मात्र हाेईन कि समाजकाे नियम र क्रान्ति बिराेधि साेच हाे ।  जुन अहिले पार्टी  भित्रका बिचलन्तावादीहरूमा देखिएकाे छ।’

 यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय राजनीतिमा नवदलाल पूंजीवाद र अन्तरास्ट्रियरूपमा अमेरिकी साम्राज्यवादकाे हस्तक्षेप भएको उल्लेख गर्दै  त्यसलाई  हल गर्ने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी( माओवादी )काे काँधमा   आएको बताए  । उनले भने-  ‘अब हामीलाई यी तमाम समस्य समाधान गर्न  सृदिृढ एकीकृत पार्टी  पार्टी चाहिएको छ।  बिचार र कार्यदिशााद्वारा निर्देशित नेतुत्वकाे गतिलाई पक्डिने गतिसिल पार्टी चाहिएको छ । याे उदेश्य परिपुर्तिका निम्ति आगामी असाेजमा संगठन अधिवेशनकाे आयोजना गरिएकाे छ।’

यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेताहरूकाे काम भनेको निराशावादकाे समाधान दिने  भएको र  बिचल्लित भएर भाग्ने    नभएको बताए ।  उनले  भने-  ‘बर्तमन कम्युनिस्ट आन्दोलनकाे निराशाबादलाई  चिरेर  आसावाद तिर फर्काउने जिम्मेवारी  क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेताहरूकाे हाे । हामीलाई साम्राज्यवादी  हस्तक्षेपसंग लडनका निम्ति क्रान्तिकारी एकता  चाहिएको छ, दलाल संसदवादी एकता हाेइन। त्यो कार्य   नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरेर मात्र पुरा हुन्छ ।’

 यसैगरी,  प्रवक्ता प्रकाण्ड सीले  पुराना पुजीवादी दलालहरूभन्दा अहिलेका नवदलाल पुजीवादीहरू हजारौं गुण खतरा भएको ठोकुवा गर्दै उनीहरुको यात्रा    धेरै परसम्म  नजाने बताए।   उनले भने- ‘अहिलेकाे सरकारकाे जुन अनुहार  छ त्यो सक्कली  हाेइन।   आगामी दिनमा उसको सक्कली  अनुहार नेपाली जनताको सामु  उदाङ्गिने छ। अहिलेकाे भ्रमबाट नेपाली जनता पुर्ण मुक्त हुने छन् , देशको राजनीति स्थिति पूर्ण  तः नयाँ बन्ने छ। नेपाली जनताले नेपाली बिशेषताकाे समाजवादी राज्य ब्यवस्था र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतुत्व नै सबैभन्दा राम्रो हाे भनेर  बुझ्ने  छन् ।’

प्रतिक्रियाहरु

[anycomment]