एनसेलको कार्यालयमा तोडफोड
काठमाडौं । अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएको विरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा आक्रोशित कार्यकर्ता तोडफेडमा उत्रिएका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका टीका थापालगायत केही कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको छ । घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ ।