आईसीटी एक्स्पो चैत २७ देखि

२०६९ चैत्र १७ गते, शनिबार

काठमाडौँ । आईसीटी एसोसियन अफ नेपालले चैत २७ देखि ३१ गतेसम्म राजधानीमा छौठौँ आईसीटी इलोक्ट्रोनिक्स ब्रान्डिङ एक्स्पो २०१३ आयोजना गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने छौठौँ आईसीटी इलोक्ट्रोनिक्स ब्रान्डिङ एक्स्पो २०१३ र आईसीटी टे्रड फेयरमा साना तथा ठूला गरी ९९ वटा स्टलहरू समावेश गरिने छन् । सूचना प्रविधिसम्बन्धी नयाँ आविस्कारका बारेमा नेपाली उपभोक्तालाई जानकारी गराउन मेलाको अयोजना गर्न लागिएको आईसीटी एसोसियन अफ नेपालका अध्यक्ष शिशिर उपाध्यायले बताए । नेपालमा सूचना तथा प्रविधिको द्रूत गतिमा विकास एवं विस्तार भइरहेको सर्न्दर्भमा एक्स्पोले नेपाली उपभोक्तामा सूचना प्रविधिको थप ज्ञान दिने अपेक्षा आयोजकले गरेका छन् । एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई विशेषरूपमा लक्षित गरिएको एक्स्पोमा नेपालमा स्थापित प्रायः सबै आईसीटी ब्रान्डहरूले सहभागिता जनाउनेछन् । एक्स्पोले सूचना प्रविधिको क्षेत्रमा स्थापित तथा नयाँ आएका प्रडक्टहरूको ब्रान्डिङ गर्न मद्दत गर्ने एक्स्पो व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएका आईसीटी एसोसिएसन अफ नेपालका कोषाध्यक्ष सीएन उपाध्यायले बताए । नेपालीले बनाएको कम्प्युटरको सफ्टवेयरको प्रमोसनमा समेत एक्स्पो सफल हुने उनले बताए । सामसुङ, डेल, एलजी, नोकिया, सोनीलगायत नेपालमा स्थापित सबै आईसीटी कम्पनीले एक्स्पोमा सहभागिता जनाउनेछन् । लेटेस्ट मोडलका डेस्कटप कम्प्युटर, ल्यापटप, टच पड, साउन्ड सिस्टम, नेटवर्किङ सिस्टम, सीसीटीभी तथा एन्टी भाइरसलगायतका आईसीटी प्रडक्ट एक्स्पोमा रहनेछन् । एक्स्पोमा भारत, चीन, कोरिया, ताइवान, अमेरिका, हङकङ दुबई तथा मलेसियाका कम्पनीहरूको सहभागिता रहनेछ । एक्स्पो अवलोकनका लागि एसएलसी दिएर बसेका विद्यार्थीहरूका लागि निःशुल्क व्यवस्था गरिएको छ भने र्सवसाधारणका लागि ५० रूपैयाँ तथा विद्यार्थीहरूका लागि २५ रूपैयाँको टिकटको व्यवस्था गरिने छ । एसएलसी दिएर बसेका विद्यार्थीहरूका निःशुल्क प्रवेशका लागि एसएलसीको प्रवेशपत्र देखाउनु पर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]