सूचना प्रविधि केन्द्र भ्रष्टाचारीको अखडा

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । सिंहदरबारभित्रलगायतका सरकारी कार्यालयका गतिविधिलाई कम्प्युटरका सहायताले चुस्त, दुरुस्त बनाउने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय सुचना प्रविधि केन्द्र थला परेको स्रोतले बताएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द्र यतिबेला केन्द्रकै कार्यकारी निर्देशक इन्जिनियर अनुप बास्कोटाका कार्यशैलकिा कराण गतिहनि बनेको सम्बद्ध कर्मचारीहरु बताउँछन् । कार्यकारी निर्देशक अनुप बास्कोटाको जसर हिुन्छ, कमाउ भन्ने अभियानले केन्द्रका कामहरु लठिबद्र भएको केन्द्रका कार्मचारीहरुको भनाइ रहेको छ । यस विषयमा केन्द्रका एक कर्मचारी भन्छन्- ‘हाम्रो हाकिमसाहेब कहिले कार्यालयमा पूरै समय बसेको रर्ेकर्ड छैन, सायद उहाँले क्याम्पसमा एक पिरियड पढाएर आफ्नो ड्युटी पूरा गरेजस्तै सम्झनुभएको होल, त्यही भएर उहाँ यसो कार्यालयमा झुल्कनु हुन्छ । त्यसपछि दिनभर गायब अनि कसर हिुन्छ केन्द्रको विकास – भन्दै उनी अगाडि थप्छन्, कार्यकारी निर्देशकमा अनुप सर आएपछि केन्द्रले सिन्कोसमेत भाँच्न सकेको छैन, बरु दिन दुगुना रात चौगुनाका हिसाबले भ्रष्टाचार बढेको छ । यो सबै हुनुमा कार्यकारी निर्देशककै हात रहेको उनको ठम्याई छ ।

प्रतिक्रियाहरु

[anycomment]