सूचना प्रविधि केन्द्रमा बास्कोटाको कमाउधन्दा

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधिकेन्द्र यतिबेला केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा र केन्द्रकै केही उच्च तहका कर्मचारीको कमाउ थलोको रूपमा परिणत भएको सम्बद्ध कर्मचारीहरूले बताएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र यतिबेला गतिहीन छ । केन्द्रले जुन ढंगले काम गर्नुपर्ने हो सो नगरी केन्द्रमा प्राप्त भएको सरकारी बजेट र विदेशीदातृ निकायबाट प्राप्त अनुदानलाई कसरी हुन्छ कागजी प्रमाण पुर्याएर लुट मच्याउन सकिन्छ भन्ने व्यवस्थापन पक्षको शैलीले केन्द्र गतिहीन बन्न पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार सूचना प्रविधि केन्द्रले गर्नुपर्ने कतिपय कार्यशाला, गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन नै नगरी खाली कागजी प्रक्रिया पुर्याएर लुट मच्याइएको छ । सरकारी कार्यालयको कामलाई कम्प्युटर सञ्जालमार्फत् चुस्त र दुरुस्त बनाउने कामको जिम्मा पाएको प्रविधि केन्द्रले आफ्नो वेभसाइट धधध।लष्तअ।नयख।लउ समेत अपडेट गर्न सकिरहेको छैन । केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटाले खाली कागजी प्रक्रिया पूरा गराएर केन्द्रमाथि लुट मच्याउन थालेपछि केन्द्र लथालिङ र भताभुङ्ग स्थितिमा पुगेको स्रोतको दाबी छ ।
कार्यकारी निर्देशक अनुप बास्कोटाकै निर्देशनमा प्रविधि केन्द्रले सञ्चालन गर्नुपर्ने कतिपय गोष्ठी, कार्याशालालगायत कार्यहरू गर्दै नगरी कागजी प्रक्रिया पुर्याएर सम्पन्न भएको देखाउने र बर्सर्ेे खरिद तथा बिलहरू बनाई भुक्तानी लिने होडबाजीले गर्दा प्रविधि केन्द्र गतिहीन बनेको सम्बद्ध कर्मचारीको भनाइ छ । यसै विषयमा सूचना प्रविधि केन्द्रका एक कर्मचारी भन्छन्- ‘सरकारको सुरक्षा केन्द्र सिंहदरबारभित्र पनि गृह मन्त्रालयसँगै भएको यस अफिसको साधनहरू निर्धक्कसँग बाहिर पुर्याइन्छ, कसैले चासो दिँदैन । कार्यक्रमहरू नै नगरी कागजी घोडा खडा गरेर कार्यक्रम सम्पन्न भएको भुक्तानी दिइन्छ । कार्यालयमा विभिन्न सामान खरिद गरेको बिल मात्र आउँछ, सामान कता छ पत्तो हुँदैन । कसले हर्ेर्ने हो यो – भन्दै कार्यालय प्रमुख नै कमाउधन्दामा लागेपछि यस्तै हुँदोरहेछ भन्ने उनको गुनासो छ । यसै विषयमा केन्द्रका अर्को, कर्मचारी भन्छन्, सायद सिंहदरबार भित्र रहेको सबैभन्दा भ्रष्ट र कमिसन खाने कार्यालयमा यो नै पहिलो होला । जहाँका हाकिमले कार्यालयमा भ्रष्टाचार भयो, अनियमितताले पराकाष्ठा नाघ्यो, र प्रमुख नै भ्रष्टाचारमा संलग्न छन् भनेर विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचारहरू प्रकाशित भइसक्दा समेत कानमा तेल हालेर बसेका छन् भने उता सम्बन्धित निकायले समेत छानबिन प्रक्रिया अगाडि नबर्ढाई मौन बस्नुले यहाँको जालो ठूलो छ भन्न प्रष्ट हुन्छ । भन्दै उनी अगाडि थप्छन्- ‘त्यसैले अब अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय र्सतर्कता केन्द्रलगायतका निकायले यस कार्यालयमा छापामारी कारवाही थाल्नु पर्ने उनको माग छ ।