घरका नक्सालाई कम्प्युटरमा व्यवस्थित गरिने

२०६९ चैत्र ३१ गते, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र निर्माण गरिने घरका नक्सालाई कम्प्युटरमा डिजिटाइज्ट गर्ने भएको छ । महानगरपालिकाले नक्सा प्रणालीलाई व्यवस्थित बनाएर कर प्रणालीलाई पनि पारदर्शी बनाउने उद्देश्यले नयाँ सफ्टवेयरको तयारी गर्न लागेको हो । महानगरपालिका नक्सा शाखाका प्रमुख उत्तर रेग्मीले वैशाखबाट सेवाग्राहीलाई अनलाइनमा फारम उपलब्ध गराउने र सो फाराम भरेपछि त्यसैमार्फ् नक्सा दर्ता हुने र डिजिटाइज्टको प्रक्रिया सुरु हुने बताए । उनका अनुसार महानगरभित्रका सम्पूण् वडा -३५ वटै वडा) लाई नयाँ सफ्टवेयरको सञ्जालमा जोडनका लागि आवश्यक कार्य गरिने र भवनको नक्सा निर्माण गर्न चाहने सम्बन्धित व्यक्तिको फाइल बनाएर फोल्डरमा नक्सासम्बन्धी सूचना राख्ने व्यवस्था गरिने छ । सम्बन्धित जग्गाधनी तथा भवन निर्माणको संरचना तयार पार्न इन्जिनियरले ड्राफ्ट गरेका नमुनालाई पनि सुरक्षित गरिने र दूरसञ्चार, खानेपानी, बिजुलीलगायतका लाइन एजेन्सीलाई पनि महानगरपालिकाको सन्जालमा ल्याउन समन्वय गरिने छ । सम्बन्धित व्यक्तिका नागरिकता लालपूजालगायतका आवश्यक सामग्रीलाई स्क्यान गरिने व्यवस्था मिलाइएको छ । यी सम्पूण्कार्य ६ महिनाभित्रमा पूरा गरिने छ । यो-डिजिटाइज्ट) प्रक्रिया अनन्त कालसम्म सुधार गर्दै लैजानुपर्ने भएपनि सफ्टवेयर तथा आवश्यक सामग्री निर्माण र तालिमका लागि ६ महिनासम्म युएनडिपीले सहयोग उपलब्ध गराएको छ ।
प्रमुख रेग्मीले यस किसिमको व्यवस्था सफल भएमा आगामी दिनमा भौगोलिक सूचना प्रणाली -जीआइएस)मा समेत जान सकिने बताए । सो प्रणालीअर्न्तर्गत महानगरभित्र बसेर आवश्यक व्यक्तिका घरको संरचना, क्षेत्रफलसमेत खोज्न सकिने छ ।


प्रतिक्रियाहरु

[anycomment]