अनुपको अनुपम धन्दा

काठमाडौँ । राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रमा कार्यकारी निर्देशक अनुपको अनुपम धन्दा चलिरहेको स्रोतले बताएको छ । कार्यकारी निर्देशक अनुप बास्कोटाले केन्द्रभित्र गरेका अनियमितताको बारेमा विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा समाचारहरु निरन्तर प्रकाशन हुन लागेपछि उनी घाइते सिंह बन्न पुगेको स्रोतले बताएको छ । आफूले गरेका अनियमितताको बारेमा लगातार समाचारहरु प्रकाशनमा आउन थालेपछि कार्यकारी निर्देशक बास्कोटा अहिले प्रत्येक कर्मचारीहरुलाई शंकाको दृष्टिले हर्ेन थालेका छन् । उनी कार्यालयका अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समेत बेग्लाबेग्लै रुपमा आफ्नो कार्यकक्षमा बोलाएर हप्काउने, थर्काउने र धम्काउने जस्ता कार्य गर्न थालेको एक पीडित कर्मचारीहरुले गुनासो गरे । कार्यकारी निर्देशक बास्कोटा आफू पहुँचवाला मानिस भएकोले यस्ता समाचारहरुले आफ्नो रौँसमेत हल्लाउन नसक्ने बरु यसरी कार्यालयको कामकुरा बाहिर गएमा कर्मचारीले नै जागिरबाट हात धुनुपर्ने स्थिति आउन सक्ने भन्दै कर्मचारीलाई कार्यालयको अनियमिततालगायतको बारेमा मुख नखोल्न कर्मचारीलाई धम्काउने गरेको सम्बद्ध पक्षले बताएका छन् । विगतमा आफूले कोरियन अनुदानको विषयमा मच्चाएको लुटको बारेमा समाचारहरु प्रकाशन गरेर आफूलाई कुनै असर पार्न नसकेको धाक लगाउँदै अहिले पनि आफूले गरेका अनियमितताको र्सार्वजनिक गरेर कर्मचारीले आफ्नो रौँसमेत हल्लाउन नसक्नेभन्दै बरु आफूले चाहे कर्मचारीको जागिर नै धरापमा पारिदिन सक्ने भन्दै अब आइन्दा कार्यालयको भ्रष्टाचार र अनियमितताको कुरा नउठाउन चेतावनी दिएको पीडित कर्मचारीहरुले बताएका छन् ।
काठमाडौँ विश्वविद्यालयमा अध्यापन गर्ने अनुप बास्कोटा सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएपछि केन्द्रको प्रगतिभन्दा अधोगति भएको सम्बद्ध कर्मचारीहरु बताउँछन् । कार्यकारी निर्देशक बास्कोटाले कोरियनबाट प्राप्त अनुदानमा ब्रहृमलुट मच्चाएको, कोरियाबाट प्राप्त कतिपय ब्रान्डेट उपकरणहरु आफू र आफ्ना नातेदारहरुकहाँ पुर्याएको लगायतका अनियमितता र भ्रष्टाचार गरेको स्रोतको दाबी छ । यस विषयमा केन्द्रका कर्मचारीसँग बुझदा उनले कार्यकारी निर्देशक बास्कोटा दिलदार मान्छे भएको भन्दै उहाँ केन्द्रको सम्पत्तिलाई आफ्नो निजी ठान्नुहुन्छ र त्यहीँअनुसार प्रयोग गर्न रुचाउनुहुन्छ भन्ने व्यंग्य गरे ।