एनसीआईटीका विद्यार्थीले बनाए तापक्रम नाप्ने यन्त्र

२०७० बैशाख ३ गते, मंगलवार

काठमाण्डौ । नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसीआईटी) ललितपुरका विद्यार्थीले संसारको जुनसुकै कुनामा बसेर अर्को कुनाको तापक्रम नाप्न सकिने यन्त्र निर्माण गरेका छन् । एनसीआईटीको सातौं सेमिष्टरमा अध्ययनरत प्रशान्त ढुंगाना, गोकर्ण कार्की, सुनिल गोदार र अनिश थापाले यन्त्र निर्माण गरेका हुन् ।निर्माणकर्ताले यन्त्रलाई ‘डिजिटल टेम्प्रेचर डिस्प्ले’ नाम दिएका छन् । तीन महिनाको प्रयासमा तयार पारिएको यन्त्र निर्माणका लागि १० हजार रुपैयाँ खर्च भएको ढुंगानाले बताए । एक स्थानबाट अर्को स्थानमा सजिलै बोकेर लैजान सकिने डिजिटल प्रविधिको यन्त्रले वातावरणमा भएको तापक्रम तत्काल देखाउने उनले जनाए । ढुंगानाका अनुसार यन्त्रमा मानिसको स्पर्श हुनेबित्तिकै स्क्रिनमा शरीरको तापक्रम देखिन्छ ।‘नेपालको तापक्रम अमेरिका र अमेरिकाको तापक्रम नेपालमै बसेर नाप्न सकिन्छ’, ढुगानाले भने, ‘मानिसले छुनेबित्तिकै शरीरको तापक्रम पत्ता लाग्छ ।’ यस्तै यन्त्रले सेल्सिय, फरेन्हाइट, र केल्भिनसहित सबै युनिटमा तापक्रम देखाउने विद्यार्थीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]