सूचनाका प्रविधिका भाइरस

काठमाडौँ । राष्ट्रिय सूचना केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटाले कार्यालयमा व्यापक अनियमितता र भ्रष्टाचार गरेपछि सम्बद्ध कर्मचारीहरूले कार्यकारी निर्देशक बास्कोटालाई प्रविधि केन्द्रको भाइरस बताउने गरेको स्रोतले बताएको छ । मित्रराष्ट्र कोरियाबाट प्राप्त अनुदान रकम र उपकरणमा व्यापक अनियमितता र भ्रष्टाचार गरेका बास्कोटाको अहिले भ्रष्टाचारको शैलीमा समेत भिन्नता आएको स्रोतले बताएको छ । कार्यकारी निर्देशक बास्कोटा यतिबेला कर्मचारीहरूलाई आफ्नो प्रभावमा पारी हुँदै नभएका कार्यशाला र गोष्ठीहरू गरेको भन्दै फर्जी कागजात खडा गरी लुट मच्चाउन पल्केको स्रोतको दाबी छ । स्रोतका अनुसार यस आर्थिक वर्षा कार्यकारी निर्देशक बास्कोटाले आफ्नो मातहतका कर्मचारीलाई प्रभावमा पारी करिब आधा दर्जन गर्दै नगरेका कार्यशाला गोष्ठीहरू सम्पन्न भएको फर्जी कागजात खडा गरी लाखौँ रूपैयाँ भ्रष्टाचार गरेको बताइन्छ । कार्यकारी निर्देशक बास्कोटाले विगतमा कोरियन दातृ निकायबाट प्राप्त अनुदान र उपकरणमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको विषयमा अख्तियारसमेत छानबिन गरी सचेत गराएको स्रोतको दाबी छ । विगतमा आफूले भ्रष्टाचार गरेको विषय र्सार्वजनिक भएर अख्तियारले सचेत गराएको स्मरण गर्दै बास्कोटाले कर्मचारीहरूलाई अनियमतताबाट बच्न प्रमाण बलियो बनाउन निर्देशन दिने गरेको स्रोतले बताएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्दा प्रमाण हेर्ने हो, त्यसैले हरेक कामका प्रमाण बलियो बनाउनुहोस् भन्दै कर्मचारीलाई निर्देशन दिँदै उनले सानोभन्दा सानो काममा समेत अनियमतता र भ्रष्टाचार गर्ने गरेको स्रोतले बताएको छ ।
पछिल्लो चरणमा कार्यकारी निर्देशक बास्कोटाको भ्रष्टाचार गर्ने शैली परिवर्तन भएको स्रोतले बताएको छ । स्रोतका अनुसार पछिल्लो चरणमा कार्यकारी निर्देशक बास्कोटा कार्यालयका विभिन्न उपकरण मर्मत, सम्भार र पेट्रोलतिर अनियमितता र भ्रष्टाचार गर्न पल्केका छन् । कार्यालयका सामान -गाडी) मर्मत, सम्भार र इन्धनमा समेत गिद्धेदृष्टि लगाउँदै उनले लाखौँ रूपैयाँ भ्रष्टाचार गरेको स्रोतको दाबी छ ।