आज अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवश

२०७० बैशाख १९ गते, बिहीबार


काठमाडौ, कम्प्युटर एसोसिएसन नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवशको अवसरमा आज र्याली निकालेको छ । काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको सो र्याली भद्रकाली, सहिदढोका, नयाँ सडक रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो ।र्यालीका सहभागीहरुले सूचना प्रविधिको विकासले हुन्छ राष्ट्र समुन्नत, सूचना प्रविधिको पहुँचलाई ग्रामीण भेगसम्म पु¥याउनुपर्ने, सूचना पाउनु नागरिकको मौलिक अधिकारलगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।
एसोसिएसनका सचिव नारायण न्यौपानेले सूचना प्रविधिको क्षेत्रमा भएको नयाँनयाँ आविस्कारले मानिसको जीवनशैलीमा धेरै सहजता थपिएको भए पनि नेपालमा यसको आवश्यकताअनुसार समुचित विस्तार हुन नसकेको बताए ।उनले सरकार तथा निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधिको क्षेत्रलाई मुलुकको सार्वाङ्गीण क्षेत्रमा विस्तार गरी आम समुदायलाई यसको पहँुचमा ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।प्रत्येक वर्ष मे २ लाई अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवशका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]