सामसङ ग्यालेक्सी एसफोर बजारमा
काठमाडौँ । सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर आगामी आजबाट नेपाली बजारमा र्सार्वजनिक हुने भएको छ । सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ र्सर्भिसेज -आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले एसफोरको बुकिङ लिइरहेको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले बुकिङ गर्ने क्रम जारी रहेको बताए । आइएमएसका अध्यक्ष दीपक मलहोत्राले एसफोर र्सार्वजनिक गर्ने जानकारी दिए । त्यसका लागि भर्जिन मोबाइलबाट बुकिङ सुरु गरिएको उनले बताए । ग्यालेक्सी एसफोर आयातका लागि प्रतीतपत्र खोलिसकेको मलहोत्राले एक महिनाअघि नै बताएका थिए । उनले अप्रिल अन्तिम साता नेपालमा नयाँ स्मार्टफोन भित्रिने जानकारी दिएका भए पनि एक साता लम्बिएको हो । सामसङले हालै विश्व बजारमा बिक्री सुरु गरेको एसफोर स्मार्टफोनमा ५ इन्चको एमोलिड टचस्त्रिmन छ । यसको रिजोलुसन १०८० – पी छ । ग्यालेक्सी एसथ्रिको ४.८ इन्चभन्दा केही ठूलो स्त्रिmन यसमा छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ । नयाँ स्मार्टफोनमा एक्जिनोस फाइभ ओट्टा-५४१० चिपसेटसहितको १.६ गिगाहर्जको ओट्टा कोर वा १.९ गिगहर्जको स्वाड कोर प्रोसेसर प्रयोग भएको छ । यसमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्रि ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा छ । दुइ गिगाबाइट र्याम रहेको ग्यालेक्सी एसफोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडेल छन् । यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिन्छ । यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ । अगाडिपट्ट िभने २ मेगापिक्सेलको क्यामेरा छ । यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो-यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन् । २ हजार ६ सय एमएएचको ब्याट्री रहेको यो फोनमा आई ट्रयाकिङ, जेस्चर र्यापाबिलिटिज, एस हेल्थ, एस भ्वाइस ड्राइभरलगायत थप विशेषता छन् । कम्पनीले ‘स्मार्टस्टे’ र ‘स्मार्टपज’ लगायत नयाँ सुविधा यसमा थपेको जनाएको छ । यस किसिमका सुविधाका कारण उपभोक्तालेे यसमा भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार मोबाइलले प्रतिक्रिया जनाउँछ । प्रयोगकर्ताले स्त्रिmनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्त्रिmनमा हेरे भिडियो चल्न थाल्छ । यो सुविधा प्रयोग गरेर स्क्रोल तल-माथि र्सार्न पनि सकिन्छ । एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्न सहायता गर्ने छन् । विभिन्नखाले एप्लिकेसनका माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन् । यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन् । यसै गरी एस ट्रान्सलेटरको सुविधा पनि रहेको छ । भर्जिनका प्रबन्ध निर्देशक शर्माका अनुसार नेपाली बजारमा सामसङ ग्यालेक्सी एसफोरको मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्नेछ । नेपालमा १६ जिबी क्षमताको मात्र मोबाइल आउने छ । यसमा एनसेलले एक वर्षो बिमा र तीन महिनाका लागि एक जिबी डाटा निःशुल्क दिनेछ । भर्जिन मोबाइलले भने बुकिङ गरेकालाई फोन कभर सित्तैमा दिनेछ ।