मोबाइल फोटो प्रिन्टर
काठमाडौँ । कोरियन विद्युतीय सामग्री निर्माता कम्पनी एलजीले मोबाइलको आकारमा गोजीमा आफ्नो फोटो प्रिन्टर बजारमा ल्याउने भएको छ । एलजीले दक्षिण एशियाली बजारमा एलजी पीडी २३३ पकेट फोटो नाममा मोबाइल फोटो प्रिन्टर ल्याउन लागेको हो । यो प्रिन्टर नजिकका उपकरणसँग सर्म्पर्क राख्ने -नियर फिल्ड कम्प्युनिकेसन) प्रविधि साथै ब्लूटूथबाट मोबाइल फोन, ट्याब्लेटसँग जोडेर फोटो प्रिन्ट गर्न सकिन्छ । एलजीले यसको कनेक्टीभीटी राम्रो रहेको दाबी गरेको छ । यो प्रिन्टरले एण्ड्रोइड र आइओएस दुवै खालका मोबाइल अपरेटिङ सिस्टममा काम गर्नसक्ने बताइएको छ । अंग्रेजी क्यालेण्डरको यहि वर्षो जुनमा बजारमा आउने यसको मूल्य नेपालमा २४ हजार पर्नेछ ।