चार वषीय बालिका आइप्याड एडिक्ट !

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौँ । बेलायतमा आइप्याड एडिक्ट -आइप्याड दर्ुर्व्यसनीबाट ग्रस्त) चार वषर्ीया एक बालिकालाई मानसिक उपचार गर्नअस्पताल भर्ना गरिको छ । नाम नखुलाइएकी ती बालिकाले सानो उमेरदेखि नै आइप्याड प्रयोग गर्ने गरेकाले यस्तो समस्या देखिएको जनाइएको छ । सानो उमेरदेखि नै आईप्याड चलाउन थालेकी ती बालिकाको व्यवहारमा अस्वाभाविक परिवर्तन आएपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ । बालिकाको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार बालिकामा आइप्याडमा उपलब्ध खेलहरू खेल्ने लत बसिसकेको छ । उनले तीन वर्षो उमेरदेखि आइप्याड चलाउन थालेकी थिइन् । बालिकाको उपचारमा संलग्न मनोविज्ञ डा. रिचार्डग्राहमले धेरैजसो बालबालिकामा आइप्याडको लत यही उमेरमा लाग्ने गरेको भन्दै आफ्ना बालबालिकालाई आइप्याडको साथमा एक्लै नछोड्न आग्रह गर । बेलायतमा निकै व्यस्त हुने बाबुआमा मध्ये करिब आधाले आफ्ना वालवालिकाको साथीको रूपमा आइप्याड दिने गरेको तथ्य बिहीबारमात्र र्सार्वजनिक भएको थियो । काममा जानुपर्ने भएकोले अभिभावकले बालबालिकालाई खेल्ने साधनको रूपमा आइप्याड दिने गर्छन् ।

प्रतिक्रियाहरु

[anycomment]