टेलिकमको इन्टरनेटमा छुट

२०७० जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं । आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस। यही दिवसको अवसर पारेर नेपाल टेलिकमले आफ्ना विभिन्न इन्टरनेट सेवाको महशुल दरमा छुटको घोषणा गरेको छ। टेलिकमले आजदेखी लागु हुने गरि वाइम्याक्स इन्टरनेट सेवा अनलिमिटेड गरेको छ। यस अघि वाइम्याक्स चलाएको आधारमा पैसा लाग्ने (भोलुम बेस) थियो। टेलिकमले आजदेखी २५६ केबीपीएसको वाइम्याक्स इन्टरनेट कर बाहेक १५०० मा उपलब्ध गराउने छ। यो आम उपभोक्ताका लागि उपलब्ध हुने वाइम्याक्स सेवा हो। वाइम्याक्स इन्टरनेट चलाउनका लागि उपभोक्ताले सानो आकारको यूएसबी डोंगल तथा यूएसबी मोडमको आवश्यकता पर्दछ।
टेलिकमले वाइम्याक्स इन्टरनेट सेवा धेरै गतिमा भने कर्पोरेट प्रयोगकर्ताका लागि मात्र दिने जनाएको छ। टेलिकमले शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्ध सरकारी निकाय, वित्तिय संस्था, कूटनीतिक नियोगका लागि २ एमबीपीएसको गतिमा वाइम्याक्स अनलिमिटेड उपलब्ध गराउने जनाएको छ। २ एमबीपीएसको वाइम्याक्सलाई मासिक ९,३०० पर्छ। यो शुल्क कर बाहेक हो। कार्यालयमा वाइम्याक्स इन्टरनेट चलाउनका लागि इन्डोर तथा आउटडोर सीइपीको आवश्यकता पर्दछ। टेलिकमले यसको घोषणा आइतबार गरेको भएपनि आज देखी मात्र उपभोक्ताले यसखालको सुविधा पाउने हुन्।

प्रतिक्रियाहरु

[anycomment]