अब फोनबाटै ढोका खोल्न सकिने
काठमाडौँ । अब आफ्नो स्मार्टफोनबाटै आफ्नो घरको ढोका खोल्न सकिने प्रविधि विकास भएको छ । किसी नामको कम्पनीले यो प्रविधि विकास गरको हो । ‘किसी’ का सहसंस्थापक म्याक्सिलियन सुएट्जका अनुसार अधिकांश मानिस चाबी भूल्ने समस्या र सम्हालेर राख्ने समस्याबाट दिक्क छन् । उनीहरूलाई यो समस्याबाट छुटकारा दिलाउनेछ । ‘किसी’ को प्रयोग निकै सजिलो छ । तपाई जुन ब्लकमा बस्नुहुन्छ यदि त्यसमा पहिलाबाटै इन्टरकम लागेको छ भने त्यसमा एउटा सानो जीप लगाउन सक्नुहुनेछ । यसका साथै घरको ढोकामा एउटा डिजिटल लक लगाउनुपर्नेछ । यसपछि यो डिजिटल लकको कन्ट्रोल इकाईलाई आफ्नो अपार्टमेन्टभित्र जोड्नुपर्नछ । डिजिटल लक लगाएपछि किसीको एप डाउनलोड गर्न वित्तिकै यो लकले काम गर्न थाल्नेछ । जब तपाई ढोका नजिक पुगेर आफ्नो फोनको बटम दबाउनुहुनेछ, त्यसले तपाईको अपार्टमेन्टमा लागेको कन्ट्रोल युनिटलाई सन्देश पठाउछ र ढोका खुल्छ । धेरैमा यो डर रहन सक्छ कि फोन हरायो भने के हुन्छ – डराउनुपर्ने कुनै कारण छैन । तपाईको लकसँग सम्बन्धित सम्पूण् जानकारी फ्लाउड -जसलाई तपाई आफ्नो फोनमा प्रयोग गर्नुहुन्छ) मा सुरक्षित रहन्छ । तपाई कुनै अन्य डिभाइसबाट अनलाइन बसेर यो जानकारी प्राप्त गर्न सक्नुहुन्छ । यति मात्र होइन आवश्यक पर्दा तपाई आफ्नो सफाइकर्मी, कुनै मित्र वा कुनै छिमेकीलाई यो सफ्टवेयरको सहयोगमा घर प्रवेशको अनुमति दिन सक्नुहुनेछ । सुएट्ज भन्छन्, तपाई बर्मुडामा बसेर न्युयोर्कको कुनै साथीलाई आफ्नो घर प्रवेशको अनुमिति दिन सक्नुहुनेछ । यसबाट तपाईको समय र पैसा दुवै बच्नेछ । ‘किसी’ हालै न्युयोर्कमा लन्च भएको छ । ‘किसी’का सहसंस्थापक बर्नहार्ड मेहल र सुएट्ज जर्मन निवासी हुन । तर, उनीहरूले आफ्नो पर्ढाई न्युयोर्कमा गरेका हुन् । न्युयोर्कमा निकै परिचित भएका कारण उनीहरूले न्युयोर्कका कम्पनी स्थापना गरेका हुन् । सुएट्ज भन्छन्, न्युयोर्कका मानिस नयाँ प्रविधि त्रि्रताका साथ स्वीकार गर्छन् । जर्मन नागरिकहरू यो मामिलामा निकै रुढीवादी छन् । यसका साथै यहाँ नेर्टवर्क बनाउन पनि बढी अवसर प्राप्त हुन्छ । ‘किसी’का निर्माताहरूले उनीहरूको यो नयाँ प्रविधि चाँडै सहरभर लोकप्रिय हुने आशा गरेका छन् । – एजेन्सी