भाइबरको डेस्कटप भर्सन र्सार्वजनिक
काठमाडौँ । मोवाइलमा नेर्टवर्क नभएर समस्या भोग्नु भएको होला । तपाईंलाई खुसीको खवर छ । तपाईं भाइबर प्रयोग गर्नुस – मोवाइलमै विश्वभर निःशुल्क फोन गर्न सकिने यो एप्लिकेसन -एप) को डेस्कटप भर्सन र्सार्वजनिक भएको छ । तपाईंले एउटै नम्बर प्रयोग गरेर विभिन्न डिभाइसमार्फ् विश्वभर संचार सुविधा प्रयोग गर्न सकिन्छ । कार्यालय, घर, स्कुल, यात्रामा जहाँ भए पनि एउटै नम्बर प्रयोग गरेर कुराकानी सकिन्छ । स्काइपलाई चुनौति दिने गरी आएको यस एप्सले केही नयाँ सुविधासमेत थपेको छ । मोवाइलमा डेक्सटपबाट कल गर्ने सुविधा दिने भाइबर पहिलो एप हो । यसले निःशुल्क कल गर्ने सुविधा दिन्छ । यसका लागि छुट्टै एकाउन्ट बनाउनु पर्दैन । मोवाइल नम्बरलाई नै यसले एकाउन्टको रुपमा लिन्छ । भाइबरले मोवाइलमा रहेका कन्फ्याक्ट लिस्ट, मेसेज र कल हिस्ट्रीलाई सिंक्रोनाइज गर्छ । मोवाइल र डेस्कटप डिभाइसको नम्बर, मेसेजलगायत सिंक्रोनाइज गर्ने भएकाले एउटामा भएका सामग्री डिलेट गर्दा अर्कोमा त्यसको असर देखिन्छ । कुरा गर्न अर्को डिभाइसमा पनि भाइबर हुनु आवश्यक छ । यसलाई प्रयोग गर्न कुनै मुलुकको सीमानाले छेक्दैन । युरोप होस् वा अमेरिका । जहाँसुकै बस्ने आफन्तसँग नेपालबाट जुनसुकै बेला भाइबरबाट निःशुल्क कुरा गर्न सकिन्छ । डिभाइसमा इन्टरनेटको कनेक्सनचाहिँ हुनर्ुपर्छ चाहे वाइफाइ होस् वा थ्रिजी र्-थर्ड जेनरेशन) नेर्टवर्क । साइप्रसको कम्पनी भाइबर मेडियाले यस एपको विकास गरेको हो । अमेरिकी-इजरायली ब्यवसायी टालमन मार्कले स्थापना गरेको भाइबर मेडियाका बेलारुस र इजरायलमा डेभलपमेन्ट सेन्टर छन् । भाइबर एपका झण्डै २० करोड प्रयोगकर्ता रहेको कम्पनीले यसबाट अहिलेसम्म कुनै आम्दानी भने गरेको छैन । यसले यसै बर्ष-सन् २०१३) देखि भने ‘स्टिकर स्टोर’ बाट कमाउन थाल्ने बताएको छ । यसले अहिलेसम्म एडभरटाइजिङलाई स्वीकारेको छैन । अघिल्लो साता मात्र र्सार्वजनिक भएको डेस्कटप सस्करणमा भिडियो कल गर्नसमेत सुविधा छ । यसबाहेक भाइबरमार्फ् टेक्स्ट -एसएमएस), फोटो पठाउन र भ्वाइस कल गर्न सकिन्छ । यसमार्फ् ग्रुप कर्न्भर्सेसनको समेत सुविधा छ । अनगोइङ कललाई डिभाइसबीचमा ट्रान्सफर गर्नसकिन्छ । डेस्टटप भर्सनबाट भिडियो मेसेज -भिडियो भ्वाइस मेल) पठाउने सुविधा छ । यस्तै नयाँ स्टिकर, लास्ट अनलाइन र्स्याटस हर्ेन सुविधासमेत यसमा छ । यसलाई रजिस्ट्रेसन गर्न, पार्सवर्ड राख्ने र अरुलाई इन्भाइट गर्न जरुरत पर्दैन । यसको भ्वाइस क्वालिटी पनि निकै राम्रो छ । यसको सबैभन्दा सुन्दर विशेषता भनेको निकै सजिलो एक्टिभेसन प्रोसेस हो । डेक्सटपमा चलाउन भाइबर डटकममा गएर यसलाई डाउनलोड गर्न सकिन्छ । यसका विन्डोज र ब्याक दुवै डेस्कटपमा प्रयोग गर्न मिल्ने भर्सन छन् । डाउनलोड गर्न तपाई मोवाइलको भाइबर युजर हुनर्ुपर्छ । डेक्स्टप एपले मोवाइलमा एप डाउनलोड गर्नु भन्छ । डेक्सटपमा इन्स्टल गरेपछि तपाईंले चलाउँदै आउनु भएको मोवाइल नम्बर माग्छ । मोवाइल नम्बर इन्ट्री गरेपछि भाइबरले मोवाइलमा कोड नम्बर पठाउँछ । त्यस कोडलाई इन्ट्री गरेपछि डेक्सटपमा भाइबर प्रयोग गर्न सकिन्छ । ‘मानिस कार्यालय वा घरमा रहँदा ल्यापटप वा डेक्स्टप प्रयोग गर्छन्’, भाइबरका प्रमुख कार्यकारी टालमोन मार्क भन्छन्, ‘उनीहरुलाई भारबरको नयाँ भर्सनले सघाउनेछ ।’ भाइबर मिडियाले डेक्स्टप भर्सनमा ८ नयाँ भाषालाई पनि प्रविष्ट गराएको छ । यसपछि भाइबरले सपोर्ट गर्न भाषाको संख्या २७ पुगेको छ । भाइबरले प्रख्यात कम्पनी माइक्रोसफ्टको हृयाकिङमा रहेको भ्वाइस र भिडियो कलको लागि चर्चित स्काइपलाई एक स्टेप अगाडि बढेर गम्भीर चुनौती दिएको छ । स्काइपबाट मोवाइल वा ल्यान्डलाइनमा कल गर्न शुल्क तिर्नर्ुपर्छ । निशुल्क भिडियो, भ्वाइस कल गर्न छुट्टै आइडी बनाउनर्ुपर्छ । झण्डै ६० करोड प्रयोगकर्ता रहेको स्काइपलाई डेस्कटपबाटै फोन गर्ने सुविधा दिएपछि उपभोक्ता भाइबरतिर आकषिर्त हुने देखिएको छ । मोवाइलमा थ्रिजी नेर्टवर्क त्यति राम्रो नभएको र जताततै वाइफाइ सुविधा नपाएका नेपालीलाई समेत भाइबरको डेस्कटप सस्करणले मोहनी लगाउने निश्चित छ । भाइबरको डेक्सटप भर्सन कर्पोरेट युजरहरुलाई निकै उपयोगी हुने कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान) का उपाध्यक्ष नारायण न्यौपाने दावी गर्छन् । ‘नेपालमा इन्पास्ट्रक्चरको अभावले थ्रिजी र वाइफाइ सेवा त्यति भर्रपर्दछ नभएको अवस्थामा भाइबरको डेक्सटप भर्सन कम्युनिकेसनमा निकै उपयोगी हुने देखिएको छ,’ उनले भने, ‘डेस्कटपबाटै फोन गर्न मिल्ने सुविधाले कर्पोरेट ग्राहकलाई संचारमा हुने खर्च निकै घटाउने छ ।’ उनले भौतिक पूवाधारको अभावमा नेपाली उपभोक्ताले धेरै एप्लिकेसनहरु प्रयोग गर्न नपाएको बताए ।