अब २० सेकेण्डमै मोबाइल फुलचार्ज

२०७० जेष्ठ १३ गते, सोमबार

काठमाडौँ । भारतीय मुलकी अमेरिकी युवती १८ वषर्ीया इसा खरेले २० सेकेण्डमा नै मोबाइल तथा स्मार्टफोन फुलचार्ज गर्नसक्ने उपकरणको विकास गरेकी छिन् । उनको यो नयाँ उपकरणको विकासले घन्टौंसम्म मोबाइल र स्मार्टफोन चार्जमा राखिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ । आफ्नो यो नयाँ आविष्कारले इसा खरेलाई इन्टेल फाउण्डेसनको योङ साइन्टिष्ट पुरष्कारसमेत दिलाएको छ । पुरष्कारबापत उनले ५० हजार डलरसमेत पाएकी छिन् । इसाले अविष्कार गरेको सो उपकरण मोबाइल तथा स्मार्टफोनको ब्याट्रीमा लगाएको २० देखि ३० सेकेण्डमा फुलचार्ज हुनेछ । इन्टेलका अनुसार सुपर क्यापासिटर नाम दिइएको सो उपकरणले ब्याट्री चार्ज गर्दा छिटोका साथै टिकाउसमेत हुनेछ । ब्याट्री १० हजार पटकसम्म चार्ज गर्न सकिन्छ । हालको प्रविधिमा ब्याट्रीहरुको औसत चार्ज चक्र एक हजार मात्रै छ । यो आविष्कारले उर्जा तथा समय दुवैको बचत गर्नुका साथै मोबाइल प्रयोगकर्ताको लागत समेत कम गर्नेछ । सन् २०१५ सम्ममा यस्ता उपकरणजडित स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]