चौथो पुस्ताको प्रोसेसर र्सार्वजनिक
ताइपेइ । माइक्रोप्रोसेसर निर्माता इन्टेल कोर्पे व्यक्तिगत कम्प्युटरलाई स्मार्टफोन तथा ट्याब्लेटसँग कडा प्रतिस्पर्धामा नयाँ जीवन दिन ताइपेइमा चौथो पुस्ताको प्रोसेसर र्सार्वजनिक गरेको छ । अमेरिकी चिप निर्माताले सूचना प्रविधिमा एसियाको सबैभन्दा ठूलो मेला, कम्प्युटेक्समा नयाँ प्रोसेसर र्सार्वजनिक गरेको हो । यो प्रोसेसर ट्याब्लेट झैँ बोक्न सकिने तथा व्यक्तिगत कम्पयुटर जस्तै काम गर्नसक्ने ‘अल्ट्राबुक’ का लागि तयार गरिएको जानकारी दिइएको छ । अल्ट्राबुकले प्रयोगकर्ताको आवश्यकता अनुसार ट्याब्लेट तथा नोटबुकको काम गर्नसक्ने जानकारी इन्टेलको व्यक्तिगत कम्प्युटरतर्फो वरिष्ठ उपाध्यक्ष तथा महाप्रवन्धक कर्कर्काउजेनले दिए । नयाँ अल्ट्राबुकको व्याटि्रको समयमा आधा वृद्धि हुने तथा यसमा तेस्रो पुस्ताको चिपको तुलनामा तथ्याङ्क प्रशोधन कार्य छिटो हुने उनले बताए ।
उनले यो कम्पनीको इतिहासमा एक पुस्ताबाट अर्को पुस्ताको प्रोसेसरमा फड्को मार्दा सबैभन्दा बढी प्रगति भएको बताए । यसले कम्प्युटरमा चित्रहरूलाई अझै राम्रोसँग देखाउन सहयोग गर्न र अनलाइन खेलको गति वृद्धि गर्न बताइएको छ । यसबीच ताइवानको एसर कम्प्युटरका अध्यक्ष जे.टी. वाङले व्यक्तिगत कम्प्युटरको मृत्यु नभएको बताएक छन । स्मार्टफोन तथा ट्याब्लेटका लागि साना प्रोसेसरको बजार व्यापक रूपमा वृद्धि भइरहेको समयमा व्यक्तिगत कम्प्युटरका लागि चिप उत्पादन गर्न इन्टेललाई हाल निकै प्रतिस्पर्धा गर्नुपरेको छ । एएफपी