ट्वीटले दिलायो ११ वर्ष जेल

२०७० जेष्ठ २९ गते, बुधबार

ट्वीटरमा गरिएको एउटा टिप्पणीका कारण कुवेतमा एक महिलालाई जेल हालिएको छ । उनले कुवेतका अमिर अर्थात शासकविरुद्ध टिप्पणी गर्दै शासनमा सुधारको अपिल गरेकी थिइन् ।महिलालाई यो अपराधमा ११ वर्ष जेल सजाय सुनाइएको छ । उनले ट्वीटमा शासनमा सुधारको माग गर्दा अमिरको अपमान गरेको आरोप लगाइएको छ ।३७ वर्षीया हुदा अल आजमीमाथि आफ्नो मोबाइल फोनको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । ११ वर्ष जेल सजाय तोकिए पनि उनले सजायविरुद्ध अपिल भने गर्न सक्ने छिन् ।
हालैको केही महिनायता ट्वीटरमा शासक शेख सबा अल सबाको अपमान गरेको आरोपमा कयौलाई दण्डित गरिएको छ । कुवेतको संविधानमा अमिरका बारेमा यसरी टिप्पणी गर्न अनुमति दिएको छैन ।
मे महिनामा अपील कोर्टले प्रमुख प्रतिपक्षी दल मुसल्लम अल बारालाई पाँच वर्षको सजाय उल्टाइदिएको थियो । बाराकलाई कुवेतका अमिरविरुद्ध अपमानजनक टिप्पणीका लागि सजाय दिइएको थियो ।
यसैप्रकार गत वर्ष अक्टोबर महिनामा एक जुलुसका क्रममा पूर्व सांसद बराकले अमिरविरुद्ध टिप्पणी गरेका थिए । उनले कुवेतका अमिरसँग निरंकुश शासन अन्त्य गर्न अपिल गरेका थिए । यही अपिलका कारण उनलाई पक्राउ गरिएको थियो ।
त्यसको कुवेतमा व्यापक विरोध भइरहेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् । हालैका दिनमा यस्ता घटना पटकपटक दोहोरिएका छन् । अमिरविरुद्ध ट्वीटरका साथै सामाजिक सञ्जालमा कमेन्ट गर्नेहरु धेरैलाई जेल हालिएको छ । यद्यपि कुवेतमा अन्य अरब मुलुकमा जस्तो लोकतन्त्रको लहर भने देखिएको छैन । कुवेतमा शासनमा परिवारको दबदबा छ । एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]