सबैभन्दा पातलो मोबाइल सार्वजनिक

२०७० असार ५ गते, बुधबार

चिनियाँ कम्पनी हवावेले विश्वकै सबैभन्दा पातलो मोबाइलका सार्वजनिक गरेको छ ।एन्ड्रोइडमा आधारित एसेन्ड पी ६ को मोटाई ६ दशमलव १८ मिलिमिटर अर्था ० दशमलव २४ इञ्च मात्र छ । यसमा पाँच मेगापिक्सेल क्यामेरासमेत जडान गरिएको छ।यो फोन मंगलबार लण्डनमा विश्वव्यापी सार्वजनिक गरिएको हो । कम्पनीले यो मोबाइलबाट संसारभर तहल्का मच्चाउने अपेक्षा गरेको छ । विश्लेषक तथा कन्सल्टेन्सी फर्म सीसीएम इनसाइटका शोध निर्देशक बेन वुडका अनुसार यो हवावेको अहिलेसम्मकै सबैभन्दा शानदार फोन हो । तर, यो सेटले ४ जी भने सपोर्ट गर्दैन । जसका कारण यसको विक्री प्रभावित हुन सक्ने आशंका गरिएको छ ।

फोनको स्क्रीन ४ दशमलव ७ इन्च चौडा छ । जुन एचटीसी वनको बराबर हो । तर, यो ० दशमलव १ इन्च बढी पातलो छ । साथै यो आइफोन ५ र अल्काटेल वन आइडल अल्ट्राभन्दा बढी पातलो छ । तर, १२० ग्राम वजनका साथै यो दुवै फोनभन्दा केही भारी छ ।एसेन्ड पी ६ मा ८ मेगापिक्सेलका रियर क्यामेरा प्रयोग गरिएको छ । यसमा इन्ड्राइड जैली बिन ४.२.२ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । यसको इन्टरनल मेमोरी ८ गिगाबाइट छ । तर यसले ३२ गीगाबाइट माइक्रोएसडी कार्ड पनि सपोर्ट गर्दछ । हवावे टेलिकम उपकरण निर्माण गर्ने चीनको सबैभन्दा ठुलो कम्पनी हो । यसको स्थापना सन् १९८७ मा भएको हो ।
डाटा रिसर्ज फर्म आइडीसीका अनुसार हवावेले यो वर्षको पहिलो तीन महिनामा ९९ लाख फोन बेचेको छ । यसरी विक्रीको मामिलामा उ सामसुङ, एप्पल र एलजीपछि चौथो स्थानमा छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]