वाइम्याक्स सेवामा ४० प्रतिशत वोनस: टेलिकम
काठमाडौँ, १ साउन। नेपाल टेलिकमले वाइम्याक्स ग्राहककालागि वाइम्याक्स सेवामा ४० प्रतिशत वोनस सहित नयाँ योजना सार्वजनिक गरेको छ। नयाँ योजनामा तीन महिनाको डाटा प्याकेजको खरीदमा ४० प्रतिशत अतिरिक्त डाटा प्याकेज पाउने व्यवस्था मिलाइएको छ।नेपाल टेलिकमको बिभिन्न समयमा ल्याउने आकर्षक योजनाले वाइम्याक्स प्रति ग्राहकको रुचि बढ्दै गएको र प्रयोगकर्ताको संख्या पनि वृद्धि भएको टेलिकमको दावी छ। उपोभोक्तालाई सुविधा दिने क्रममा टेलिकमले दुई महिना अगाडी वाइम्याक्समा असीमित (अनलिमिटेड) योजना सार्वजनिक गरेको थियो।टेलिकमले केहि समय अगाडि वाइम्याक्स यूएसबी डंगोलको मुल्य घटाई ४५१९ मा कायम गरेको छ। अरु डिभाइसहरु यूएसवि मोडेम, इन्डोर सिपिइ र आउटडोर सिपिइको मुल्य क्रमश ६८२८, १३,००० र १९११९ रहेको छ। त्यसैगरी टेलिकमले दिएको वाइम्याक्स असीमित डाटा योजनामा एक हजार ५० प्रति महिना तोकिएको छ। जसमा ग्राहकले तिन महिनाको न्युनतम डाटा प्याकेज खरिद गर्नु पर्ने हुन्छ। अर्को भोलुम वेस योजनामा ८.२६ पैसा प्रति मेगाविट रहेको छ। हालसम्म वाइम्याक्स प्रयोगकर्ता तिन हजार भन्दा बढि भएको नेपाल टेलिकम स्रोतले जनाएको छ।