अब पकेट प्रिन्टर

२०७० श्रावण ५ गते, शनिबार

काठमाडौँ । इलेक्ट्रोनिक्स सामान निर्माण गर्ने कम्पनी एलजीले पकेटमा बोकेर हिँड्न मिल्ने फोटो प्रिन्टर र्सार्बजनिक गरेको छ । कम्पनीले सजिलै गोजीमा बोकेर हिँड्न मिल्ने तथा १५ सेकेन्ड भित्र फोटो प्रिन्ट गर्न सक्ने सानो फोटो प्रिन्टर र्सार्बजनिक गरेको हो । एलजीले यसमा ब्लुटुथ एवं एनएफसी -नियर फिल्ड टेक्नोलोजी) दिएकाले ल्यापटप, मोबाइल वा अन्य डिभाइसमा कनेक्ट गरेर सजिलै फोटो प्रिन्ट गर्न मिल्छ । यसको मूल्य १३ हजार ५ सय भारु अर्थात २१ हजार ६ सय तोकिएको छ । यो सानो फोटो प्रिन्टरमा जिंक -जिरो इंक पेपर) को प्रयोग हुनेछ । जुन पेपरको साइज ५०७६ मिमी हुन्छ । यसलाई चार्ज गर्न मिल्ने भएकाले विद्युत् सेवा उपलब्ध नभएको ठाउँमा पनि यसले काम गर्नेछ । अन्य सुविधाहरुमाः यसमा प्रयोगकर्ताले एल्बम क्रियट गर्न सक्नेछन् । एल्बममा इडिट, डिलिट, एड समेत गर्न मिल्नेछ । प्रिन्ट इञ्जिन- यसमा रेज्युलेशन ३१३ डिपिआई, प्रिन्ट स्पिड ४५ सेकेन्ड तथा अधिकतम १००० प्रिन्ट निकाल्न सकिन्छ । कनेक्टिभिटीको कुरा गर्दा यसमा आइओएस मोबाइल, आइओएस प्याड, एन्ड्रोयड फोनमा ब्लुटुथ र एनएफसीको माध्यमबाट कनेक्ट गर्न सकिन्छ । एलजीको फोटो प्रिन्टरको तौल २१२ ग्राम छ । डाइमेशन ७२.४ ह १२०.९ ह २४.० मिमी छ । विद्ययुत्-औसत १५.९१ वाट देखि ३४.४९ वाट । ब्याटि्र-लि-पोलिमर ५०० mब्ज क्षमताको ब्याट्री छ । जुन १ः३० घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]