मोबाइलको गुणस्तर सुधारिने

२०७० श्रावण १० गते, बिहीबार

काठमाण्डौ, १० साउन । नेपाल टेलिकमले साउनभित्रै महसुस गर्न सकिने गरी उल्लेख्य सुधार हुने बताएको छ । न्यून गुणस्तरका बिषयमा उपभोक्ताबाट आलोचना खेप्दै आएको टेलिकमले पुराना मोबाइल टावरलाई हटाएर नयाँ मोबाइल टावर जडान गर्ने प्रकृया तिब्र पारेको नेपाल टेलिकमले साउनभित्रै काठमाण्डौ उपत्यकाको मोबाइल गुणस्तरमा देखिएको समस्या समाधान हुने बताएको छ । ‘किर्तिपुरमा पुराना टावर हटाएर नयाँ टावरमार्फत् सेवा सुरु गरेका छौं’ नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका प्रमुख सुरेन्द्रप्रसाद थिकेले भने ’सवै ठाउँमा नयाँ टावरबाट सेवा सुरु गरेपछि मोबाइलमा देखिएको समस्या समाधान हुन्छ ।’जेडटीईका पुराना टुजी र थ्रीजी टावर हटाएर हुवावेका नयाँ टावर जडान गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । साउनभित्रै काठमाण्डौ उपत्यकाभित्र २ सय ६५ वटा नयाँ वीटीएस जडान गरीने बताइएको छ ।नयाँ टावरबाट सेवा संचालन भएसँगै मोबाइल फोन नलाग्ने, आवाज नबुझिने लगायतका समस्या पूर्णरुपमा हट्ने टेलिकमले दावी गरेको छ । नयाँ सिस्टम जडानले टेलिकमको थि्रजी सेवामा सुधार हुने र काठमाण्डौंमा जीएसएम मोबाइलको क्षमता दोब्बर हुने बताइएको छ ।हाल काठमाण्डौमा २० लाख जीएसएम मोबाइलको क्षमता रहेको छ । टेलिकमले ४८ लाख नयाँ जीएसएम थप्ने योजना अन्र्तगत सिष्टम अपग्रेड गर्ने काम थालेको हो । आगामी चार महिनाभित्रै उपत्यकामा १२ लाख नयाँ जीएसएम मोबाइल थप्ने टेलिकमको योजना छ ।


प्रतिक्रियाहरु

[anycomment]