अब अडियोमा अक्षर
काठमाडौँ । कम्प्युटरमा नेपालीमा लेखिएका सामग्री आफ्नै आँखाले पढ्न नपाए के भो, अब कुनै पनि दृष्टिविहीन दुःखी हुनुपर्दैन, अडियोमा सुन्न पाइहालिन्छ नि ! धनकुटा सान्नेका इन्जिनियर हिमप्रसाद गौतमले दृष्टिविहीन र सबैलाई काम लाग्ने नेपाली अक्षरलाई अडियोमा बदल्ने सफ्टवेयर तयार पारेका छन् । केही समययता सामान्य प्रयोगमा ल्याएको सफ्टवेयर ‘दृष्टिवाचक’ लाई परिमार्जन गरी गौतमले अक्षरलाई अडियो र्फमस्याटमा लैजान सक्ने बनाएका हुन् । उनले तयार पारेको सफ्टवेयरको पछिल्लो संस्करण शनिबार पोखरामा र्सार्वजनिक गरियो । नेपाल नेत्रहीन संघ कास्कीले आफ्ना सदस्यलाई यो सफ्टवेयर चलाउने तरिका सिकाउन थालेको छ ।